कालिका बहुमुखी क्याम्पसले संस्थापक अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको स्मृतिमा शोकसभा आयोजना गरेको छ ।
केसीको निधनको १२ औं दिनको पुण्यतिथिमा शुक्रबार क्याम्पसमा शोक तथा श्रद्दान्जली सभा गरिएको हो । क्याम्पस सञ्चालक समिति सदस्य भीमसेन थापाको अध्यक्षतामा भएको सभामा सन्चालक समिति सदस्य एवं वडा नं १० का वडाध्यक्ष राजकुमार गुरूड, पब्लिक क्याम्पस संघका केन्द्रीय सचिवालय समिति सदस्य एवं जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख बिरन्जी गौतम, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष वीरबहादूर बुढाथोकी, बिध्यार्थि कल्याण सिमितिकी समिक्षा चपाई लगायतले केसीको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा सन्चालक समिति सदस्य अधिवक्ता वीरेन्द्र केसीले स्वर्गीय केसीको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए भने क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोलाले कार्यक्रम सन्चालन गरेका थिए । सन्चालक समिति , सिनेटर, प्राध्यापक, कर्मचारी एवं बिद्यार्थिहरूको उपस्थितिमा क्याम्पस प्रांगणमा भएको सो श्रद्दान्जली कार्यक्रममा केसीको तस्विरमा पुष्पार्पण गर्नुका साथै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।






