त्रिविले पुसभित्रै सबै परीक्षा सक्ने

त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायका सबै तहका परीक्षा सक्ने भएको छ ।

त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएससी, बीबीएस, र बीएडतर्फका नियमित र आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

रजिस्ट्रार प्राडा दाहालले पुसभित्रमा सकिने गरी परीक्षा सञ्चालन गरिने जानकारी दिए । जाडो याममा परीक्षा गर्न असम्भव भएपछि त्रिविले पुसमा सकिने गरी कार्यतालिका तयार गरेको हो । अधिकांश क्याम्पसमा पुस १५ गतेदेखि जाडो बिदा हुन्छ ।

त्रिविले कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गर्न सकेको छैन । रजिस्ट्रार प्राडा दाहालका अनुसार सकभर भौतिकरुपमै उपस्थित भएर परीक्षा दिने व्यवस्था गरिएको छ । ‘कोभिड–१९ संक्रमण बढ्दै गए वैकल्पिक विधि पनि अपनाउन सकिन्छ, अहिले नै यो विषयमा छलफल गरिसकेका छैनांै।’ –उनले भने ।

त्रिविले पायक पर्ने स्थानीय निकायको केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । कोभिड–१९ का कारण चैतदेखि स्थगित त्रिविका परीक्षा सञ्चालन अझै सञ्चालन भइसकेका छैनन् ।