भिटेनलाई पक्राउ नगर्न आदेश

उच्च अदालत पाटनले समीर घिसिङ अर्थात् र्‍यापर भिटेनलाई पक्राउ नगर्न आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय साइवर ब्युरोलाई आदेश दिएको छ । भिटेनले कात्तिक १६ गते प्रहरी प्रधान कार्यालय नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।

हालै सार्वजनिक भएको उनको गीतका शब्दलाई लिएर उनको आलोचना भएको थियो। उनले त्यो गीतको भिडियो युट्युब च्याननलबाट हटाएर माफी पनि मागेका छन् ।