गण्डकीका मन्त्री थापामगरलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमण भएको छ ।

उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो । केही दिनदेखि उनलाई रुघा, खोकी र ज्वरो आएको मन्त्री थापाका स्वकीय सचिव भरत खनालले बताए । मन्त्री थापामगरको स्वास्थ्य अवस्था भने सामान्य छ ।