नेकपा पोखरा वडा नम्बर ८ कमिटी सदस्य विष्णुबहादुर बस्नेतको निधन भएको तेह्रौं दिनको पुन्यतिथिमा आईतबार श्रद्धाञ्जली सभा भएको छ ।
नेकपा वडा कमिटीको आयोजनामा आईतबार आयोजित सभामा नेकपा पोखरा महानगर कमिटी सचिव विश्वप्रकाश लामिछानेले बस्नेतको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरे । उनले भने, ‘बस्नेत निष्ठावान कार्यकर्ता हुनुहुन्थ्यो । अब उहाँले देखाएको बाटोमा हिड्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ ।’
नेकपा पोखरा ८ का अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले बस्नेतलाई पार्टीको वफादार सिपाहीको रुपमा स्मरण गरे ।
कार्यक्रममा सहभागी बस्नेतका आफन्त र नेता, कार्यकर्ताले उनको तस्बिरमा माल्यार्पण र मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।






