यसपालि देउसी भैलो खेल्न नपाइने

नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी, भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ ।

प्रहरीले कोरोना महामारीका कारण देउसी, भैलो नखेल्न भनेको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको जानकारी दिए ।

महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुखसँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिएका थिए ।

file pix