सेती नदीमा पुरुषको शव फेला

मंगलबार बिहान पोखरा १७ र १५ को बीच रातोपहिरो र अमिनताराको बीचमा सेती नदीमा पुरुषको शव फेला परेको छ ।

बिहान पौने ८ बजेतिर सेती नदिको बीचमा फेला परेको शवको परिचय खुलेको छैन । पानीमा तैरिएको शवबारे अनुसन्धान भइरहेको र मृतकको परिचय नखुलेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।