सोसाइटी अफ ईञ्जिनियरीङ्ग कन्सल्टेन्सीको अधिवेशन सम्पन्न

सोसाइटी अफ ईञ्जिनियरीङ्ग कन्सल्टेन्सीको वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न भयको छ । शनिवार, कुटी रिसोर्ट, लेकसाईडमा सम्पन्न भएको सोसाइटी को वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले ई. किसोर कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । कार्य समितिको उपाध्यक्षमा ईं किसान सिंह गुरुङ्ग, सचिवमा ई. हरि प्रसाद अधिकारी, कोषाध्यक्षमा ई. कौसल चन्द्र जि.सी र सह( सचिवमा ई. आनन्द प्रसाद सापकोटा चयन हुनु भएको छ ।

यसैगरी सदस्यहरुमा ई. बिजेन्द्र के.सी, ईं विमल भण्डारी, ई. राज कुमार थापा, ईं सुजित बिजुक्छे, ईं. ध्रुव गर्वूजा पुन र ई. धर्म राज अधिकारी चयन हुनु भएको छ ।

कार्यक्रममा साधारण सभाका प्रमुख अतिथी नेपाल ईन्जिनियर्स एसोसियस, गण्डकी प्रदेशका सभापति आ.बाबुराम भण्डारी, विशेष अतिथी SCEAF का अध्यक्ष ई. टुक लाल अधिकारी, अतिथीहरुमा नेपाल भ्यालुयर्स एसोसियसन, पोखरा च्याप्टरका अध्यक्ष ईं राजेन्द्र प्रजु, सेकोनका पूर्व अध्यक्ष तथा पोखरा ईञ्जिनियर कलेजका प्रिन्सिपल ई. लेख बहादुर गुरुङ्ग, नेपाल ईन्सोरेन्स सर्भेयर एसोसियसन, पोखराका संयोजक ईं सुरेन्द्र गोदार, SONA पोखराका अध्यक्ष आ.बाबुराम बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा सेकोनका पूर्व अध्यक्ष तथा पोखरा ईञ्जिनियरिङ्ग कलेज, फिर्के पोखराका प्रिन्सिपल ईं लेख बहादुर गुरुङ्गलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
संस्थामा विगत २ वर्षमा भएको गतिविधिको सम्बन्धमा सचिवको वार्षिक प्रतिवेदन ई. हरि प्रसाद अधिकारी र कोषाध्यक्षको प्रतिवेदन ईं आनन्द प्रसाद सापकोटाले प्रस्तुत गरेकोमा सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो ।

निर्वाचन संयोजकमा ई. सुरेस प्रसाद श्रेष्ठ र ई.राजेन्द्र प्रजु रहनु भएको थियो । सेकोनका अध्यक्ष ईं राजेन्द्र लिगलको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिव ईं हरि प्रसाद अधिकारी र स्वागत मन्तव्य उपाध्यक्ष ईं किसोर कुमार श्रेष्ठले गर्नुभएको थियो ।