रेबान पोखरामा नयाँ समिति, अध्यक्षमा लक्ष्मण बराल

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखरामा लक्ष्मण बरालको नेतृत्वमा नयाँ समिति चुनिएको छ ।

संस्थाको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनले बरालको अध्यक्षमा चुनेको समितिको प्रथम उपाध्यक्षमा नरेशबहादुर भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, सचिवमा भिष्म पौडेल, कोषाध्यक्षमा लोक गुरुङ र सह–कोषाध्यक्षमा रोशनजङ्ग कार्की छन् ।

सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित भए ।

संस्थाका निवर्तमान अध्यक्ष भीमसेन भुजेलले अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण बरालले स्वागत तथा सचिव विकास भट्टराईले कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए ।