मुख्य समाचार

ससुरालीमै आएर श्रीमतीमाथि एसिड प्रहार

एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै गएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका छन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथी सहित भरतपुरसम्म आएर… पुरा पढौ

सरकार-आन्दोलनरत कर्मचारी नौ बुँदे सहमति

कर्मचारी समायोजनको विरोध गरिरहेका कर्मचारी सरकारबीच नौ बुँदे सहमति भएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र सरकारबीच बुधबार साँझ सहमति भएको हो ।  स्थानीय तहमा समायोजन भएर जाने सबै तहका कर्मचारीलाई तत तत सेवामा बढुवा नपाएसम्म केन्द्रमा बढुवाको अवसर दिने सहमति भएका छ । सरकारले कर्मचारी अध्यादेश ल्याएपछि देशभर कर्मचारी आन्दोलित भएका थिए । समायोजनलाई सहज र वृत्ति विकासलगायतलाई व्यवस्थित बनाउन समायोजनमा जानेको सेवा, शर्त र सुविधाको सुरक्षा… पुरा पढौ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

 नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य दुई–दुई रुपैयाँ घटाएको छ । बुधबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन भएको निगमले जनाएको छ । समायोजित मूल्यअनुसार अब काठमाडौंमा प्रतिलिटर पेट्रोलको १ सय ८ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको ९६ रुपैयाँ मूल्य तोकिएको छ । तर, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै हेरफेर नभएको निगमले प्रस्ट पारेको छ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको… पुरा पढौ

प्रदेश २ को नाम मधेश, जनक कि मिथिला ?

प्रदेश २ कोे स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वितर्क गर्न थालिएको छ । प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन प्रदेश २ सरकारले कात्तिक ११ गते डा हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोगसमेत गठन गरेको छ । आयोगले जनस्तरबाटै सुझाब सङ्कलन गर्न थालेपछि… पुरा पढौ

पूर्वराजा ज्ञानेन्द्रसँग कांग्रेस नेताहरुको पोखरामा गोप्य भेटघाट

नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता विपी कोइरालाले अबलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको स्वागत गर्न प्रत्येक बर्ष मेलमिलाप दिवस मनाउने गर्दछ । सोमबार देशभर नेपाली कांग्रेसका नेता कार्यकर्ताले मेलमिलाप दिवस मनाए । तर पोखराका कांग्रेस नेताहरुले भने मेलमिलाप दिवस मनाउनुभन्दा पहिले गद्दी च्यूत भएका पूर्वराजा ज्ञानेन्द्रको दर्शन गरेका छन् । धार्मिक निजी भ्रमण भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह लामो समयदेखि पोखरामा छन् । पोखरामा उनको गणतन्त्रभित्र राजतन्त्रको झल्को दिनेगरी स्वागत… पुरा पढौ

प्रचण्डले बामदेवलाई भने : अब तपाई छाया प्रधानमन्त्री

नेकपा पार्टी स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रामक देखिएका सचिवालय सदस्य बामदेव गौतम अन्तिम दिन मौन बसे । गत विहीबार साँझको बैठकमा आक्रामक देखिएका गौतम शुक्रवार विहानको बैठकसम्म आइपुग्दा रातारात किन शान्त भए ? उनी शान्त हुनुको रहस्य खुलेको छ । विहीबार साँझ बैठक सकिए लगतै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाट लागेका थिए । बालुवाटारबाट प्रचण्डले एक घण्टा गौतमसँग कुरा… पुरा पढौ

निर्मलाको हत्यारा भन्दै मेरो पनि डिएनए टेष्ट गर्न बेर छैन : डा.केसी

पुष १५ -बर्तमान सरकारको कामप्रति चर्काे आलोचना गर्दे आईरहेका राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गैरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.केसीले यस्तो बताएका हुन् । स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै केसीले भने,‘अहिले भैरहेका गतिविधिहरु राष्ट्र हितमा छैनन्, पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गरिँदैछ,… पुरा पढौ

शिकार शून्य तर ६ महीना नपुग्दै २१ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ । यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २० वटा र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ । निकुञ्जभित्र प्राकृतिक… पुरा पढौ

ल्होसारमा हुम्लामा बिदा, गण्डकी प्रदेश खुला !

गण्डकी प्रदेश सरकारले तमुहरुको चाड ल्होसारको अवसरमा दिएको बिदामा गण्डकीका केही सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खुले । तर, कर्णाली प्रदेशको १ अस्पतालले भने ल्होसारमा सार्वजनिक बिदा दियो । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बन्द गरेकाले अस्पतालले बिदा गरेको चिकित्सक सरोज प्रजापतिले बताए । अस्पताल बन्द गरिँदा बिरामीले सास्ती बेहोरेका छन् । जिल्लामा रहेका अन्य सरकारी कार्यालय भने सञ्चालनमा आएका… पुरा पढौ

ओलीले भने ” निर्मलाका हत्यारा पत्ता लगाउँन अब विदेशी अनुसन्धान वोलाउने

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाका विषयमा गम्भिर नबनेको आरोप लागिरहेका बताए र प्रधानमन्त्री ओलीले घटनाका दोषीलाई जुनै हालतमा पक्राउ गरि छाड्ने बताएका छन् । उनले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि सरकार, प्रहरी प्रशासनले धेरै मेहेनत गरेता पनि अहिलेसम्म दोषी पत्ता लाग्न नसकिरहेको बताए र दोषी फेला परेन भनेर सरकार चुप लागेर नबस्ने बताएका छन् । नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं