भ्रष्टाचार मुद्दामा भट्टराईलाई जेलसहित जरिवाना

 विशेष अदालतले सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार मुद्दामा नौ महिना जेल सजाय सुनाएको छ । 

विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पूर्व एआईजी भट्टराईलाई जेलसँगै ६९ लाख ८७ हजार जरिवाना र बिगो जफत हुने फैसला सुनाएको छ ।