मोदीको देशबाट मुस्ताङमा ३९ हजार पर्यटक

२०१८ मा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको निकै बढेका छन् । मुस्ताङमा आन्तरिक, भारतीय र तेस्रो देश तीनै थरि पर्यटक बढेका हुन् ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम मातहतको पुथाङ उयरपोर्ट टुरिस्ट चेकपोस्टका अनुसार चालु वर्षमा १२ प्रतिशतले पर्यटक बढेका छन् । सन् २०१८ मा ५९ हजार ८ सय ८ जना विदेशीले मुस्ताङ भ्रमण गरेका थिए । यसमध्ये भारतीय पर्यटक ३९ हजार १ सय ५९ जना, जर्मनी पर्यटक ३ हजार २ सय १० र फ्रान्सेली ३ हजार ८९ जना छन् ।


२०१७ को तुलनामा २०१८ मा तेस्रो मुलुकका पर्यटक ५ सय ३७ जना बढी आएका छन् । १७ भन्दा १८ मा १४ हजार ३ सय ५१ जना बढी भारतीय पर्यटकले मुस्ता भ्रमण गरेको कार्यालय प्रमुख दाहालको भनाइ छ । यो संख्या गत वर्ष भन्दा २५ प्रतिशत बढी हो ।


मुस्ताङ भित्रिएका विदेशीले उपल्लो मुस्ताङसमेत भ्रमण गर्ने गरेका छन् । सन् २०१७ मा ४ हजार १ सय १५ विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । यस वर्षको अक्टोबरसम्ममा ३ हजार ५ सय ४८ जना उपल्लो मुस्ताङ भित्रिएको पर्यटन सहायक बेल पुनले बताए । अध्यागमन विभागले निषेधित तथा नियन्त्रित क्षेत्रमा विदेशी पर्यटकलाई प्रबेश शुल्क ५ सय अमेरिकी डलर लिने गरेको छ । यो शुल्क तिरेका विदेशीले सो क्षेत्रमा १० दिन घुम्न पाउँछन् ।


राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । लमजुङको बेसीसहरदेखि यात्रा सुरु गरेका पर्यटक थ्रोरङलापास गर्दै मुस्ताङ प्रवेश गर्छन् । यस वर्ष १३ हजार ७ सय ५७ पर्यटक थ्रोरङलापास हुँदै मुस्ताङ भित्रिएको पर्यटक सहायक पुनले बताए ।