मुख्य समाचार

सरकारी गाडी जलाउनेको पक्षमा कास्की कांग्रेसको आन्दोलन

सरकार अधिनायकवादी र अलोकतान्त्रिक भएको आरोप लगाई प्रमुख प्रतिपक्षी कांग्रेस आन्दोलनमा छ । बलात्कारी र माफियालाई सरकारले नै संरक्षण गरेको कांग्रेसको आरोप छ । यसरी आन्दोलनमा उत्रिएको कांग्रेसको कास्की जिल्ला समितिले भने सोमबार लज्जास्पद निर्णय गरेको छ । बैठकले पोखरामा शनिबार सरकारी गाडी जलाएको अभियोगमा पक्राउ गरिएका नेविसंघका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ । सत्य छानबिन गरी दोषीलाई कारवाहीलाई लागि सघाउनुपर्नेमा कांग्रेस कास्कीले कार्यकर्ता संरक्षणमात्र… पुरा पढौ

मुद्दा एउटै : आमालाई जन्मकैद, बाबुलाई सफाइ

लोग्ने परदेश गएको बेला देवरसँग सम्बन्ध राखी बच्चा जन्माएर मारेको अभियोगमा ओखलढुंगाकी गुनिसा थापामगरलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ भने देवर सोमबहादुर थापाले सफाइ पाएका छन् । एउटै अभियोगमा पक्राउ परेका सोमबहादुर र गुनिसालाई जिल्ला अदालत ओखलढुंगाले फरक फरक आदेश सुनाएको हो । देवरको आदेशमा गुनिसाले शिुशु मारी फालेको बयान दिए पनि यसमा सोमबहादुरको प्रत्यक्ष भूमिका नभएकाले अदालतबाट सफाइ पाएको निमित्त जिल्ला न्यायाधिवक्ता सिर्जना घिमिरेको भनाइ छ । साक्षी प्रमाण… पुरा पढौ

गगनलाई नेविसंघकै कालो झन्डा

कांग्रेस नेता गगन थापालाई पोखरामा नेविसंघकै विद्यार्थीले कालो झन्डा देखाएका छन् । सोमबार पोखरामा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएसँगै विकास थापा समूहले कालो झन्डा देखाएको हो । पोखरामा नेविसंघका विद्यार्थीले सरकारी गाडी जलाएपछि गगनले त्यसलाई निन्दनीय भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । थापाको सोही अभिव्यक्तिको विरोध गर्दै उनलाई आफ्नै कार्यकर्ताले कालोझन्डा देखाएका हुन् । यसअघि नै गगनको धारणको विरोध गर्दै विकासले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हामीलाई आन्दोलनको आगोले,… पुरा पढौ

नर्सरीमा भर्ना गर्दा ५ लाखसम्म लिने व्यापार होइन ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ जिल्ला अधिवेशनमा मन्त्री बाँस्कोटाले भने, “अङ्गे्रजी भाषा फरर बोल्दैमा गुणस्तरीय शिक्षा दियौँ भनेर गर्व गर्न मिल्दैन, सरल र सर्वसाधारणलाई समेट्ने गरी सेवामूलक ढङ्गले लाग्नुपर्छ, शैक्षिक व्यापार बन्द गर्न जरुरी छ ।” मन्त्री बाँस्कोटाले नेपालका शैक्षिक संस्थाले अहिलेसम्म पनि युवा वर्गलाई खाडी मुलुक पठाउने शिक्षा दिएको गुनासो गर्दै… पुरा पढौ

पोखरा महानगरको गाडी जलाइयो, आशंकामा ५ पक्राउ

पोखरा महानगरको गाडी जलाएको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनिहरुलाई पक्रेको हो । लेकसाइडमा रहेको होटल रिदमबाट नेविसंघ पोखरा विश्व विद्यालयका सभापति डिफान भुजेल, ला ग्राण्डि कलेज सभापति विनय पौडेल, पोखरा विश्व विद्यालयका पुर्व सभापति राजेन्द्र बराल, नेविसंघ कार्यकर्ता परशुराम बस्नेत र लक्ष्मीप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार बिहान पोखरा महानगरपालिका कार्यालयको बा १ झ ५८७९… पुरा पढौ

सरकारले हिटलरको नियति पनि सम्झोस्

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ तिहाइ बहुमत छ भन्दैमा अधिनायकवादी चरित्र नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । लोकतान्त्रिक युवा समाजले शुक्रबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले २ तिहाइको बलमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका हुन् । उनले भने, ‘२ तिहाइ त हिटलरसँग पनि थियो तर, हिटलरको अवस्था के भयो त्यस विषयमा वर्तमान सरकारले सोचोस् ।’ शर्माले वर्तमान सरकार अधिनायकवादको बाटोमा अघि बढेको आरोप लगाउँदै लोकतान्त्रिक संस्कारलाई… पुरा पढौ

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०५५ राष्ट्रियसभाको वैठकबाट पनि वहुमतले पारित भएको छ । विधेयक यसअघि कांग्रेस सांसदहरुको अवरोधका बीचमै प्रतिनिधिसभाबाट पनि पारित भएको थियो । राष्ट्रियसभाले पारित गरेको यो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा जान्छ ।  नेपाली कांग्रेसको विरोधका बाबजुद बिहीबार राष्ट्रियसभा बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि छलफलपछि पारित भएको हो । बिहीबारको बैठकमा कांग्रेस सासदहरु उठेर विरोध गरिरहेको अवस्थामा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित… पुरा पढौ

काठमाडौं जिल्ला अदालतका नायव सुब्बा ५ लाख घुससहित प्रक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका एक कर्मचारीलाई पाँच लाख घुससहित प्रक्राउ गरेको छ । अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेलाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । सवारी ज्यान मुद्दा सहज गराइदिने आश्वासनमा चालिसेले एक सेवाग्राहीसग घुस लिएका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई वन परिसर बबरमहलबाट पक्राउ गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । पुरा पढौ

पियु स्ववियुको काम नरोक्न आदेश

उच्च अदालत पोखराले पोखरा विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीको काम कारबाही नरोक्न आदेश दिएको छ । अदालतले बुधबार यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । स्ववियु सभापतिसहित ३ जनाले माघ ३ गते दायर गरेको रिटमा ४ गते अदालतले अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीशद्वय जीवनहरि अधिकारी र सुभाष पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो । अब स्ववियु पदाधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् ।… पुरा पढौ

देउवाको कार्यक्षमतामाथि प्रश्न उठेको छ

सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आगामी महाधिवेशनमा आफू सभापति उम्मेदवारी हुने संकेत गरेका छन् ।  “आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस शुरु भएको छ”, उनले भने– “पार्टी सभापतिको क्रियाकलापले उनको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको छ ।” जिल्लाका नेता कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उनले बताए । आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा कुरा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं