पोखरा महानगरको गाडी जलाइयो, आशंकामा ५ पक्राउ

पोखरा महानगरको गाडी जलाएको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनिहरुलाई पक्रेको हो ।

लेकसाइडमा रहेको होटल रिदमबाट नेविसंघ पोखरा विश्व विद्यालयका सभापति डिफान भुजेल, ला ग्राण्डि कलेज सभापति विनय पौडेल, पोखरा विश्व विद्यालयका पुर्व सभापति राजेन्द्र बराल, नेविसंघ कार्यकर्ता परशुराम बस्नेत र लक्ष्मीप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान पोखरा महानगरपालिका कार्यालयको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको थियो । प्रहरीले ग१४प १७२९ र ग८प १६८९ नं को स्कुटर र बा५६प ३४८६ नं को मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

जलाइएको गाडी पोखरा महानगरको भए पनि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीले प्रयोग गर्दै आएको थियो । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।