मुख्य समाचार

सिडिओले शासन चलाउने कानुन मान्दैनौं

संघिय सरकारले प्रहरी ऐन बनाउँन ढिलाई गरेपछि सबैभन्दा पहिले संघिय सरकारलाई नै बेवास्ता गर्दे प्रहरी ऐन पारित गरेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारले ल्याएको सुरक्षासम्बन्धी विधेयक मान्य नहुने चेतावनी दिएका छन् । सरकारले ल्याएको प्रहरी परिचालन र आन्तरिक सुरक्षासम्बन्धी विधेयकमा गम्भिर आपत्ति जनाउँदै उनले आक्रोस व्यक्त गरेका हुन् । शनिबार राजधानीमा आयोति कार्यक्रममा उनले संघिय सरकारले प्रमुख जिल्ला अधिकारीले नै प्रहरी परिचालन गर्नेगरी विधेयक ल्याएको भन्दै आक्रोस व्यक्त… पुरा पढौ

नयाँ कानुन बनाउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाको चौथो नगरसभाले ८ वटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि सुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई सभामा प्रस्तुत गरेका छन् । सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत गरिएको थियो । विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी यसै… पुरा पढौ

शेरबहादुर र रामचन्द्रका फरक फरक नेविसंघ

नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेविसङ्घ पनि फुटेको छ । लामो समयदेखि पार्टीका नेताहरू बीचको विवादको असर भ्रातृ सङ्गठन नेविसङ्घलाई परेको हो । सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट जिल्लामा नेविसङ्घका दुईवटा समिति गठन भएका छन्् । संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै समिति गठन भएको घोषणा गरेका हुन् । नेविसङ्घका केन्द्रीय उपाध्यक्ष नवीन राई र केन्द्रीय सदस्य पवन नेपालीले पौडेल पक्षधरका केन्द्रीय सदस्य भीम गौतमले देउवा पक्षका विद्यार्थीको समिति… पुरा पढौ

संसदमा भोली मुठभेड हुन सक्छ

पछिल्लो समय नेपाली कांग्रेसले सभामुख कृष्ण प्रसाद महराको भुमिकालाई लिएर चर्काे आलोचना गर्दे आईरहेको छ । सभामुख एउटै दलको मात्र जस्तो देखिएको भन्दै कांग्रेसले महरामाथि प्रश्न चिन्ह नै उठाएको छ । यसैबीच नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सभामुखको पदमा आसिन भैसकेपछि दलमा आवद्धता रहनुहुन्न भन्ने विश्वास हुन्छ तर यतिबेला आफुहरुले त्यस्तो महसुस गर्न नसकेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले ‘सदनमा सभामुखको… पुरा पढौ

गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश

सरकारले पछिल्लो पटक मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सोमबार भएको मन्त्रिपरिषद्को निर्णय विहिबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा पत्रकार सम्मलेन गरेर जानकारी दिएका हुन् । १.महाअभियोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरिएको छ। २.विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंकको शेयर खरिद गर्ने निर्णय गरिएको छ।३.युरोपियन युनियन डेलिगेसन टु नेपालको प्राविधिक सहायता (अनुदान) १९,९६,१९९ युरो स्वीकार… पुरा पढौ

प्रचण्डलाई जेल हाल्छु भन्ने नसोचे हुन्छ : योगेश

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताए। ‘किनभने उहाँले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेका छन्। उहाँले उठाउँदै आएका मुद्दा पनि यसमा आएका छन्। अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु। पख तिमीहरुलाई भन्नुभएको… पुरा पढौ

वृद्धभत्ता पाँच हजार पुग्छ : पोखरेल

नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन्। पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उनले बताए। बुधबार नेकपा मकवानपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले उक्त धारणा राखेका हुन्। उनले कानूनी तथा संरचनागतरुपमा सरकार अप्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको बताउँदै कानून अभावमा कर सङ्कलनलगायत थुप्रै गाँठा फुकाउन समस्या परेको प्रसंग समेत उल्लेख गरे। नेता… पुरा पढौ

हिमपातले कसैलाई सकस, कसैलाई उल्लास

मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षा र हिमपातले कृषकमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा तेस्रो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति… पुरा पढौ

रामचन्द्रको जिल्लामा कांग्रेसको समानान्तर समिति

तनहुँमा कांग्रेसका पूव सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले कांग्रेसको समानान्तर समिति बनाएको छ । जोशी पक्षले मंगलबार दमौलीमा गरेको विशेष जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा डिल्लीराम अधिकारी निर्वाचित भए । जोशीलाई हालै कांग्रेसले कारवाही गरेको छ । जोशी गएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडलले विरुद्ध बागी उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरे पनि जोशीकै नकारात्मक भूमिकाका कारण पौडेलले चुनाव हारेको बताइन्छ । विशेष अधिवेशनले निर्विरोध पदाधिकारी तथा सदस्य… पुरा पढौ

स्वस्थानीसँगै माघे जात्रा सुरु, किन मनाइन्छ यो जात्रा

पौराणिक सांस्कृतिक ‘माघे जात्रा’को पोखरामा संरक्षण गरिनु पर्नेमा जोड दिइएको छ । माघे जात्रा व्यवस्थापन समिति पोखराले सुरु गरेको अभियानलाई सघाउन अनुरोध गरिएको छ । राजा भगीरथले भगवान शिव र माता गंगाको तपस्या गर्दा स्वर्गबाट पृथ्वीमा अवतरण भई कपील ऋषिको श्रापबाट मृत्यु भएका आफ्ना पुर्खाको मुक्तिको लागि गरिने जात्रा हरेक वर्ष श्रीस्वस्थानी व्रत कथा आरम्भदेखि समापनसम्म स्थानीय मठ मन्दिर भजन यात्रासहित परिक्रमा गरेर मनाइने प्रचारप्रसार संयोजक अष्टमान प्रधानांगले जानकारी दिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं