मुख्य समाचार

हचुवाको भरमा विकास निर्माण नगरौँ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका काम अघि बढाउँदा हचुवा र लहडको भरमा नगर्न आग्रह गरेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिकाको चौथो गाउँसभामा उनले भने, “अबको विकास संरचना एक पटक बनाएपछि कम्तीमा ५०÷१०० वर्ष चल्ने बनाउनु आवश्यक छ ।” मुख्यमन्त्री गुरुङले नीति, आवधिक योजना र गुरुयोजना बनाएर मात्र बजेट विनियोजन गर्नु आवश्यक रहेकामा जोड दिए । गाउँपालिकाले आफ्ना नीति कार्यक्रम तर्जुमा गर्दा गाउँमा कति साक्षर छन्, कति जनसङ्ख्या छ,… पुरा पढौ

विद्यार्थीको अधिवेसनमा कांग्रेस नेताबीच कुटाकुट

ओखलढुङ्गा नेविसङ्घको जिल्ला अधिवेशनको विषयलाई लिएर काङ्ग्रेसका नेताबीच कुटाकुट भएको हो । आज बिहान ११ बजे नेविसङ्घको १२औँ जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो । अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित अधिकांश नेता, कार्यकर्ता र नेविसङ्घका विद्यार्थी नेता कार्यक्रम स्थलमा पुगेका थिए । तर अधिवेशन शुरु हुनुअघि कार्यक्रममा आशन र भाषण गर्न कसलाई दिने वा नदिने भन्ने विषयमा विवाद भएको थियो । पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको… पुरा पढौ

बलात्कार आरोप लागेका वडाध्यक्षको आत्मसमर्पण

बलात्कार अभियोगमा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । रेग्मीमाथि वडा नं. ८ कै २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग छ । उनले सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । ती युवतीले मंसिर ६ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार भएका थिए । वडाध्यक्ष रेग्मीले गत कात्तिक १६ गते… पुरा पढौ

अनेरास्ववियु नेताको संगीन आरोप : डा. केसी प्रतिक्रियावादीका मतियार

अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुलीले डा.गोबिन्द केसी कम्युनिष्ट बिरोधी एजेन्ट भएको दाबी गरेका छन् । कम्युनिष्ट नेतृत्वको सरकारलाई असफल बनाउन र कम्युनिष्ट पार्टीलाई बदनाम बनाउन प्रतिक्रियावादीहरुले डा.केसीलाई मतियार बनाएको उनको आरोप छ । आइतबार काकडभिट्ट बहुमुखी क्याम्पस झापाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा प्रमुख अथितिका रुपमा बोल्दै सचिव पराजुलीले लोकप्रिय नाराको आबरणमा डा.केसीले कम्युनिष्ट बिरुद्ध श्रृखलाबद्ध हमाला गरीरहेको उनको दाबी छ । पछिल्लो परिर्वतन निस्तेज पार्नका लागि डा.केसी प्रयोग भइरहेको उनको… पुरा पढौ

केसीसँगको सहमति तोड्नु देशभक्तको अपमान

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले प्राडा गोविन्द केसीलाई सरकारले धोका दिएको जनाएको छ । आइतबार विज्ञप्ति निकालेर सम्पदाले केसीको जीवन रक्षा गर्दै केसीसँग भएका सम्झौता लागु गर्न माग गरेको छ । केसी चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमति अनुसारको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर १२ दिनदेखि सत्याग्रहमा छन् । संस्थाका महासचिव सुनील पाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा देश र जनताको भलो चाहने सपूतलाई पटक पटक धोका दिनु स्वाभिमानी देशभक्तको… पुरा पढौ

कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप : देउवा

नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन् । काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) प्रदेश कार्यसमिति गण्डकीले आज पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा उनले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताको खिलापमा कर्मचारी, प्रहरीलगायतमा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको भनाइ राखे । सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको भनाइ राखे ।… पुरा पढौ

‘सेना परिचालन गरी राजा ल्याउने षड्यन्त्र’

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एबम केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नेपालमा विप्लव नेतृत्वको ने.क.पा.लाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुनर्स्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको बताएका छन्  । पार्टीले संचालन गरेको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा आज ’शुरुवात गर्दै नेता सन्तोष बुढा मगरले यस्तो कुरा बताएका हुन् । आफ्नो मन्तव्यका क्रममा उनले नेपालमा दलाल संसदीय व्यवस्था असफल भैसकेको जिकी गरे ।… पुरा पढौ

संविधान संशोधन नभए सक्तामा बस्दैनौं

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए ।  मधेश आन्दोलनका क्रममा शहीद भएकाको सम्झनामा लहानमा आज २ नं प्रदेश सरकारद्वारा आयोजित १२औँ बलिदानी दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सरकारले मधेशीको हकअधिकार र पहिचानका लागि संविधान संशोधन नगरे सरकारबाट बाहिरिनसमेत तयार रहेको बताए ।  मधेशी, दलित, मुस्लिम, जनजाति लगायतमाथि अझै विभेद कायम रहेको उल्लेख गर्दै… पुरा पढौ

सरकार जनताको कि माफियाको ?

अनसनपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत डा गोविन्द केसीको समर्थनमा पोखरामा उनका मागप्रति प्रदर्शन भएको छ । मानवअधिकार चौतारा चिप्लेढुङामा जम्मा भएर पोखरेलीले प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागीले ‘माफियामुखी ऐन चाहिँदैन’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायब भयो’, ‘सरकार जनताको हो कि माफियाको’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । सोलिडारिटी फर डा केसीले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, युवा तथा नागरिक अगुवाको सहभागिता थियो ।… पुरा पढौ

नेकपाका कार्यकर्ताले दुई ट्रक जलाए

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा शनिबार बिहान २ वटा मालवाहक ट्रकमा आगजनी गरेका छन् । नेकपाले आह्वान गरेको एक दिने सुर्खेत बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले दुई ट्रकमा आगजनी गरेका हुन् । बन्दकर्ताले शनिबार बिहान रत्न राजमार्गको सत्तरी र कर्णाली राजमार्गको बड्डीचौर नजिकै मालबाहक ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक  जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं