मुख्य समाचार

वाइडबडी काण्ड : अख्तियारले कारवाही गर्न सक्दैन

पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गरेका छन् । विमान खरिदमा भ्रष्टाचार भएकोमा दुइमत नरहेको उनको दाबी छ । नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति बनाएमात्रै विमान खरिदमा भएको अनियमिता बाहिर आउने बताए । बुधबार पार्टीले गरेको अन्तरक्रियामा भट्टराईले संसदीय समितिहरुले बनाएको उपसमितिको प्रतिवेदनका आधारमा दोषिलाई कारबाही हुन नसक्ने समेत बताए । ‘अहिले संसदको सार्वजनिक… पुरा पढौ

प्रहरी हवल्दारमाथि गोली प्रहार

सप्तरीमा प्रहरीमाथि गोली प्रहार भएको छ । प्रहरी हवल्दार महेन्द्र सरदारमाथि अज्ञात समूहले गोली हानेको हो ।सप्तरीको खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडकमा ड्युटी बसेका हवल्दारमाथि आज्ञात समूहले गोली होनेको प्रहरीले जानकारी दिएको छ । उनलाई एउटा गोली लागेको उनको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ । पुरा पढौ

देश चिनाउने गरी बन्यो पोखरामा भव्य होटल

उपराष्ट्रपति नन्दबहादुर पुनले अब देशको लक्ष्य उत्पादन र रोजगारीमा ध्यान दिएर समृद्धि हासिल गर्ने भएको बताएका छन् । राजनीतिक परिवर्तनका लागि देशमा अनेक उतरचढाव जायज भए पनि अब त्यो खालका आन्दोलन जरुरी नभएको उनले उल्लेख गरे । नेपालको समृद्धिको मुख्य आधारमा पर्यटनको विकास पर्ने औंल्याउँदै उनले छरिएको पुँजीलाई केन्द्रीत गरी परिचालन गर्न सबैमा आग्रह गरे । उनले भने, पैसा कमाउने सबैको लक्ष्य सबैको हुन्छ तर पुँजी परिचालन गर्ने विशिष्ट क्षमता… पुरा पढौ

फुटपछि नयाँ रणनीति बनाउँदै विवेकशील साझा

हालै विभाजन भएको विवेकशील साझा पार्टीले २०७६ साल फागुन १५ देखि १९ गतेसम्म काठमाडौँमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीका २ संयोजकमध्ये १ उज्ज्वल थापाले हालै अर्काे पार्टी बनाएपछि विवेकशील साझा नयाँ रणनीति तय गर्ने गृहकार्यमा लागेको हो । थापासहित १६ केन्द्रीय सदस्यले पार्टी छाडेका छन् । उनीसँगै चर्चित नेतृ रञ्जु दर्साना र प्रदेश २ का २ सभासद पनि गएका छन् । राजधानीमा भएको सो पार्टीको बैठकले प्रदेश… पुरा पढौ

आउने साल क्षतिपूर्तिसहित वृद्धभत्ता बढ्छ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी वर्ष वृद्धभत्ता बढ्ने बताएका छन् । उनले गत वर्ष वृद्धभत्ता बढाउन नसकिएको भन्दै आगामीदेखि वृद्धभत्ता बढ्ने दाबी गरे । उनले भने, ‘निर्वाचनको बेला वृद्धभत्ता बढाउँछौ भनेका थियौ, तर गत वर्ष सकेनौं, अब क्षतिपूर्तिसहित वृद्धभत्ता बढाउने सरकारको तयारी छ ।’ सरकारले चुनाव बेला गरेका सबै प्रतिबद्धता पूरा हुने बताए । सरकारले नेपालमा रेल र पानीजहाज चलाएर छाड्नेसमेत मन्त्री ढकालले उद्घोष गरे । तनहुँको… पुरा पढौ

प्रदेश प्रमुख नै परे कालोसूचीमा

सुदूरपश्चिमका प्रदेश प्रमुख (गर्भनर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ ।  मल्ल उनका भाइ मदनबहादुर लगायत मल्लको समूहले २०४१ र ०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो ।… पुरा पढौ

मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना

प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवबाट कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन्। कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् । मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाको भनाई छ । शरीर कमजोर जस्तो भएकाले रातिदेखि स्लाइन जारी रहेको… पुरा पढौ

३ बालबालिका मार्ने चितुवा मृत भेटियो

तनहुँको भानु नगरपालिकाको विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवा आइतबार मृत फेला परेको छ । चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका ३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका ४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको ज्यान गएको थियो । भानु नगरपालिका २ स्थित देउराली सामुदायिक वनमा नरभक्षी चितुवा मृत फेला परेको डिभिजन… पुरा पढौ

पृथ्वीनारायण क्याम्पसलाई क्युएए प्रमाणपत्र

पोखराको पृथ्वीनारायण क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने क्युएए प्रमाणपत्र पाएको छ । क्याम्पसले आयोगले तोेकेका मापदण्ड पूरा गरी गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको हो । अब पृथ्वीनारायण र जनप्रिय गरी क्युएए पाउने पोखरामा २ क्याम्पस भएका छन् । देशभरिका ३० वटा सरकारी, सामुदायिक तथा निजी स्तरका उच्च शैक्षिक संस्थाले पनि यो प्रमाणपत्र प्राप्त गरेका छन् । अब पृनाका विद्यार्थीले प्राप्त गरेका प्रमाणपत्रले देशभित्र र देशबाहिर मान्यता पाउनेछन्… पुरा पढौ

लेखनाथले गरे जनयुद्धदेखि अहिलेसम्मको राजनीतिको चिरफार

नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी ‘प्यासी’ले युवा नेता लेखनाथ न्यौपानेको लेखन नरम र बोली कडा भएको बताएका छन् । न्यौपानेद्वारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तकको पोखरामा परिचर्चा गर्दै अधिकारीले सो कुरा बताएका हुन् । प्रगतिशिल लेखक संघ, कास्कीको आयोजनामा भएको कार्यक्रममा अधिकारीले भने, ‘हाम्रा युवा नेता लेखनाथको लेखन त नरम रैछ, बोलि त साह्रै कडा !’ अधिकारीले लेखकलाई बधाई दिँदै लेखन पनि आफैँमा संघर्षको इतिहास भएको बताए । उनले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं