केसीसँगको सहमति तोड्नु देशभक्तको अपमान

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले प्राडा गोविन्द केसीलाई सरकारले धोका दिएको जनाएको छ । आइतबार विज्ञप्ति निकालेर सम्पदाले केसीको जीवन रक्षा गर्दै केसीसँग भएका सम्झौता लागु गर्न माग गरेको छ ।

केसी चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमति अनुसारको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर १२ दिनदेखि सत्याग्रहमा छन् । संस्थाका महासचिव सुनील पाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा देश र जनताको भलो चाहने सपूतलाई पटक पटक धोका दिनु स्वाभिमानी देशभक्तको समेत अपमान भएको उल्लेख छ ।

विज्ञप्तिमा जनस्वस्थ्यसँग सम्बन्धित यस्तो गम्भीर बिषयमा जिम्मेवार भई प्रस्तुत हुन सरकारसँग माग गरिएको छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।