देउवाको कार्यक्षमतामाथि प्रश्न उठेको छ

- भोलि पनि संसद अवरुद्ध गर्ने कांग्रेसको निर्णय

सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आगामी महाधिवेशनमा आफू सभापति उम्मेदवारी हुने संकेत गरेका छन् ।  “आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस शुरु भएको छ”, उनले भने– “पार्टी सभापतिको क्रियाकलापले उनको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको छ ।”

जिल्लाका नेता कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उनले बताए । आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा कुरा गर्दै महामन्त्री कोइरालाले चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुने गरी कांग्रेसले काम गर्ने बताए । पार्टीको क्रियाशील सदस्यता वितरण गर्न कांग्रेस गाउँगाउँमा जाने महामन्त्री कोइरालाले बताए ।

महामन्त्री कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढङ्गले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताए । उनले सरकारका गतिविधि जनतालाई सुसूचित गराउन माघ २१ गते जनखबरदारी कार्यक्रम आयोजना गरिएको जानकारी दिए। सरकारले एक वर्षको अवधिमा कुनै ठोस योजना दिन नसकेको भन्दै कोइरालाले सरकारले रेल र पानीजहाजका कुरा गरे पनि जनताको जीविकामा परिवर्तन हुन नसकेको बताए ।

भोलि पनि संसद अवरुद्ध गर्ने कांग्रेसको निर्णय

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदको अवरोध कायमै राख्ने भएको छ । संसदको बैठक भोलि बोलाइएको छ । त्यसको अघिल्लो दिन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले संसद अवरोध कायमै रहने बताएको हो ।

आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गर्‍यो । त्यसपछि सरकारले अस्पतालबारे कांग्रेसको माग सम्बोधन गर्दै दुबै अस्पतालाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।

तर, कांग्रेसले चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सरकार र सभामुखले अधिकतम शक्ति प्रयोग गरेको भन्दै संसद सञ्चालन हुन नसक्ने बताएको छ । ‘११ गतेको बैठक जुन ढंगले बसालियो, त्यसमा हाम्रो गम्भीर आपत्ति छ’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले  भने, ‘आफ्नो गल्ती सच्याउनु पर्ने रहेछ तर, संसदमा चिकित्सा शिक्षाबारे छलफल भयो भने अगाडि बढ्न सक्दैन भन्ने लागेर होला, छलफल नगरी अगाडि बढाइयो ।’