मुख्य समाचार

३०% शिक्षकले ५ नम्बर पनि ल्याएनन्

 गत असारमा लिईएको अस्थायी शिक्षकको लिखित परीक्षामा करिब ३० प्रतिशत शिक्षकले एकदमै कम अंक ल्याएका छन् । शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ३० प्रतिशभन्दा बढी शिक्षकहरुले ५ नम्बर पनि ल्याउन नसकेका हुन् । वर्षौदेखि विद्यालयमा पढाउँदैं आएका असथायी शिक्षकहरुले खिलित परीक्षामा ल्याएको अंक लाजमर्दो रहेको पाईएको हो ।शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले ३० प्रतिशत अस्थायी शिक्षकहरुले लिखिति परीक्षामा ५ नम्बर पनि ल्याउन नसकेको बताए । वर्षौदेखि विद्यालयमा अध्यायपन… पुरा पढौ

भ्रष्टचारी गोपाल खड्का साढे दुई करोड धरौटीमा रिहा

विशेष अदालतले भ्रष्टाचारको मुद्धामा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई धरौटीमा रिहा रिहा गर्न आदेश दिएको छ । सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको आरोप खड्का २ करोड ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट छुटेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टीमा खड्का छुटेका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा… पुरा पढौ

घाँटी रेटेर बालकको हत्या

पोखरा महानगरपालिका ६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको मंगलबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए । मृतकको शव… पुरा पढौ

घाइते श्रीमती हत्या आरोपमा पक्राउ

सुखदुखमा जीवनभर साथ दिने बाचा गरेका श्रीमान नै श्रीमती हत्या आरोपमा पक्रा परेका छन् । बिरामी श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाका श्रीमानसहित अर्का १ जनालाई पक्राउ गरेको छ । पोखरा १४ चाउथेकी ४३ वर्षीया सुशीला कार्कीको उपचारको क्रममा गएको माघ २४ गते ज्यान गएको थियो । अस्पतालले मृत घोषणा गरेपछि उनका आफन्तले दिएको उजुरीको आधारमा ४६ वर्षीय रामबहादुर र घटनामा संलग्न भएको आरोपमा देवी रानभाटलाई प्रहरीले… पुरा पढौ

बल्ल सुरु भयो पोखरामा अपांगता परिचयपत्र वितरण

पोखरा महानगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरु गरेको छ । पोखरा महागनरका उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले संयुक्त रुपमा पोखरा २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपांगताको रातो परिचयपत्र प्रदान गरेका थिए । परिचयपत्रमा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुपर्ने परिचय पत्र कार्यविधिले व्यवस्था गरेको छ । उपमेयर गुरुङले पूर्ण अपांगता भएका व्यक्तिलाई महानगर आउन असहज भएको बताउँदै वडा वडामै पुगेर वितण गर्नुपर्ने अवस्था देखिएको बताइन्… पुरा पढौ

फ्लु संक्रमणपछि स्कुल बिदा

कास्कीको मादी गाउँपालिका ४ तारकाङमा ज्वरो तथा रुघाखोकीजन्य संक्रमण देखिएपछि त्यहाँका स्कुल बन्द गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका इन्चार्ज यम बरालले कक्षा १ देखि ५ सम्म भएका विद्यालय ५ दिन र माथिल्लो तहका विद्यालय ३ दिन बन्द गरेर रोग सर्नबाट बचाउन सुझाव दिएको मादी ४ का अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर सापकोटाले डक्टरको सल्लाह अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।… पुरा पढौ

नेकपा एकता : कार्यदल बैठक नै बस्न सकेन

काठमाडौँ । चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन ।  नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो ।  कार्यदलले सो एक दिन मात्र नभई थप केही दिन समय पाउन शीर्ष नेतृत्वलाई आग्रह गरेको थियो तर… पुरा पढौ

केवलकारको डिपिआर नेपालमै बन्ने

केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अब नेपालमै हुने भएको छ । यसअघिसम्म केवलकारको विस्तृत परियोजना प्रतिवेदन लगायतका प्राविधिक काम लागि स्विटजरल्यान्ड, अस्टे«लिया, बेलायतमा मात्रै हुने गरेकोमा अब भने नेपालमै यसको सुविधा प्राप्त हुने भएको छ । पोखरामा कार्यालय रहेको आरकेडी रियल स्टेट एन्ड कन्ट्रक्सन कम्पनी लिमिटेडले केवलकारका लागि आवश्यक डिपीआर बनाउने गरी भारतको सिआरए कम्पनी र बेलायतको ब्रे को कम्पनीसँग सम्झौता गरेको छ । नेपालमा केवलकार यातायातको प्रचूर सम्भावना रहेका… पुरा पढौ

घाइते सुत्केरीलाई हेलिकप्टरबाट उद्धार

म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग१ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे रघुगङ्गा–३ पिप्लेतर्फको गलेश्वरदेखि माथि सडकबाट करीब १०० मिटर तल खसेर भएको सो दुर्घटनामा परी चालक गोपी परियारसहित घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये रघुगङ्गा–३ मालिकाकी ३७ वर्षीया गर्भवती सरस्वती परियार ९काली० गम्भीर घाइते भएकी थिइन् । परियारको अवस्था गम्भीर देखिएपछि बेनी… पुरा पढौ

म सभापतिमा लड्न तयार छु : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।  नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई–अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिए । ‘कांग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन’, उनले भने, ‘सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं