मुख्य समाचार

किन दिए पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूले सामूहिक राजीनामा ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूले सामूहिक राजीनामा दिएका छन्। पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरूको माग सरकारले सुनुवाइ नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्। ४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भइरहँदा भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौ महिनासम्म पनि सरकारले सुनुवाइ नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूहरू सामूहिक राजीनामा दिन बाध्य हुनु परेको उनिहरुले गुनासो गरेका छन् ।… पुरा पढौ

नेकपा नेतृत्वको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आयो

गृहमन्त्री रामबहादुर थापाले नेकपा नेतृत्वको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आएको दाबी गरेका छन्। विहीबार विराटनगरमा प्रदेश १ स्तरिय सुरक्षा गोष्ठीमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरेका हुन्। थापाले एक वर्ष पहिलेको तुलनामा देशको शान्ति सुरक्षाको अवस्था सुधार हुँदा अपराधिक घटनामा पनि कमी आएको बताए। थापाले सरकारले अपाराधिक क्रियाकलाप नियन्त्रणमा अबलम्बन गरेका विभिन्न रणनीति र कार्यक्रमहरू प्रभावकारी भएको बताए। कार्यक्रममा प्रदेश… पुरा पढौ

भुकम्प: सनाखत नभएका ३१ जनाको शव अझै फरेन्सिक विभाग परिसरमै

०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा.प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे। अनगिन्ति शवको पहिचान कसरी गर्ने रु यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो। भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दा शव पनि थपिँदै गएका थिए। कतिपय शव टुक्रा टुक्रा भएका थिए। ‘शव सुरक्षित राख्न पर्याप्त फ्रिज थिएनन्, बत्ती थिएन, बरफ पनि पाइएन’, उनले भने, ‘त्यस्तो अवस्थामा शव कुहिएर गन्हाउन… पुरा पढौ

पोखरामा लायन्सको माहोल उत्कर्षमा

पोखरा यतिबेला लायन्समय बनेको छ । पोखराका लायन्सका साथै पोखरेली पनि लायन्सको यो माहौलले उत्साहित बनेका छन् । २ वर्षपछि गभर्नर बन्ने शौभाग्य यस वर्ष पोखराले पाएकाले पनि पोखरामा लायन्सको रौनक उत्कर्षमा पुगेको हो । यो महाधिवेशनबाट निर्वाचित हुने सेकेण्ड भाइस डिष्ट्रक्ट गभर्नर २ वर्षपछि ‘एस’ मतका आधारमा स्वतः गभर्नर बन्ने लायन्स नियमावली छ । यो पदमा पोखराकै २ नेताले उम्मेदवारी दिएपछि चासो र चर्चा उत्कर्षमा छ । विशेश्वर आचार्य… पुरा पढौ

क्षयरोगको औषधिले बनायो अमृतको संसारै अँध्यारो

डक्टर कसैका लागि जीवनदाता हुन् भने औषधि अमृत हो । तर अन्नपूर्ण गाउँपालिका–३ का अमृत तुलाचनका लागि त्यही औषधि उल्टो भइदियो । जसका कारण आज उनको संसार अँध्यारोमा छ । ५० वर्षीय तुलाचन क्षयरोगका विरामी थिए । रोग निको बनाउन उनले ९ वर्ष नियमित औषधि सेवन गरे । उनको क्षयरोग त निको भयो तर त्यही औषधिको असरका कारण आज उनले आफ्नो जीवन अँध्यारोमा विताउन बाध्य छन् । उनी पोखरा बागलुङ… पुरा पढौ

जनक शिक्षा पोखराबाट ८ करोडका पुस्तक बिक्री

पोखरा स्थित जनक शिक्षा सामग्री केन्द्रबाट चालु आथिएक बर्षमा ८ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण भएको छ । गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयबीच ७ करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री गरिएको हो । आधिकारिक रुपमा कक्षा-५ देखि कक्षा १० सम्मको पुस्तक बिक्री वितरण गर्नुपर्ने भए पनि यस कार्यालयबाट कक्षा १ देखि कक्षा १० सम्म र अङ्ग्रेजी माध्यममा सञ्चालित सरकारी… पुरा पढौ

नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुने

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन। महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताएका हुन्। यस वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए । पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेको बताउदै उनले पहिले निजी विद्यालयमा… पुरा पढौ

उपराष्ट्रपति नन्दबहादुर पुनले लिए राष्ट्रपतिको कार्यभार

उपराष्ट्रपति नन्दकिशोर पुनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यभार प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारी ९ दिने चीन भ्रमणमा निस्किएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई सुम्पिएकी हुन् । संविधानको धार ६७ को उपधार २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुरा पढौ

लोकसेवाले २० हजार कर्मचारीका लागी यसै साता विज्ञापन खुलाउदै

कर्मचारी समायोजनका कारण झण्डै ७ महिनादेखि धकेलिदै आएको लोकसेवा आयोगको नयाँ विज्ञापन यसै साताबाट खुल्ने भएको छ । राजाधनीमा आयोजित एक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छोटो प्रक्रियाबाट कर्मचारी भर्नाका लागि यसै साता लोक सेवामा माग पठाउने तयारीमा भइरहेको जानकारी दिएका हुन् । समयमा लोकसेवाको विज्ञापन नखोलिदा लोकसेवाको तयारी गरिरहेका १० औं लाखका संख्यामा यूवाहरु निराश भएका थिए । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी… पुरा पढौ

अवसरवादी पार्टी नभएको स्थापित गर्न अभियान चालिने

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको स्थापित गर्न अभियान चालिने बताएका छन्। बुधबार ललितपुरको श्री सिद्धिमंगल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रममा प्रचण्डले अब पार्टीले जनचाहनाबमोजिम नै पार्टी विकास र एकतामा अगाडि बढ्ने बताएका हुन्। पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुदृढ बनाउने प्रचण्डको भनाइ थियो। उनले पार्टीले जिल्ला कमिटीमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं