किन दिए पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूले सामूहिक राजीनामा ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूले सामूहिक राजीनामा दिएका छन्।

पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरूको माग सरकारले सुनुवाइ नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।

४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भइरहँदा भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौ महिनासम्म पनि सरकारले सुनुवाइ नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूहरू सामूहिक राजीनामा दिन बाध्य हुनु परेको उनिहरुले गुनासो गरेका छन् ।

आफूहरूको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुन स् फर्कने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले प्रतिवद्धता जनाए ।

भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका करिब १ हजार ५ सय इञ्जिनियरहरूहरूले गत फागुन २५ गतेबाट आन्दोलन सुरू गरेका थिए ।