कर्मचारी समायोजनका कारण झण्डै ७ महिनादेखि धकेलिदै आएको लोकसेवा आयोगको नयाँ विज्ञापन यसै साताबाट खुल्ने भएको छ ।
राजाधनीमा आयोजित एक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छोटो प्रक्रियाबाट कर्मचारी भर्नाका लागि यसै साता लोक सेवामा माग पठाउने तयारीमा भइरहेको जानकारी दिएका हुन् ।
समयमा लोकसेवाको विज्ञापन नखोलिदा लोकसेवाको तयारी गरिरहेका १० औं लाखका संख्यामा यूवाहरु निराश भएका थिए । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाका लागि यसै साता लोकसेवामा माग पठाउने तयारी भइरहेको जनाइएको छ ।
मन्त्री पण्डितले छोटो प्रक्रियाबाट टुंगिने गरी प्रक्रिया अघि बढाइएको बताएका जनाए । तीन महिनाभित्रमा फास्ट ट्रयाकमा रिजल्ट दिने गरी लोक सेवा खुलाउने तयारीमा आफू रहेको मन्त्री पण्डितले जानकारी दिए ।






