नेकपा नेतृत्वको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आयो

गृहमन्त्री रामबहादुर थापाले नेकपा नेतृत्वको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आएको दाबी गरेका छन्।

विहीबार विराटनगरमा प्रदेश १ स्तरिय सुरक्षा गोष्ठीमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरेका हुन्।

थापाले एक वर्ष पहिलेको तुलनामा देशको शान्ति सुरक्षाको अवस्था सुधार हुँदा अपराधिक घटनामा पनि कमी आएको बताए। थापाले सरकारले अपाराधिक क्रियाकलाप नियन्त्रणमा अबलम्बन गरेका विभिन्न रणनीति र कार्यक्रमहरू प्रभावकारी भएको बताए।

कार्यक्रममा प्रदेश १का १४ वटै जिल्लाका नेपाल प्रहरी र शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान आयोग, नेपाली सेना, प्रदेशका सुरक्षा निकाका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरूलगायत सहभागि छन्।