मुख्य समाचार

७५३ वटै स्थानीय तहलाई कर्मचारीको रिक्त दरबन्दी पठाउन परिपत्र

सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ। कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकी पद रिक्त रही स्थानीय तहहरूमा सेवाग्राहीहरूले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदहरूको जानकारी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो। विगतमा पनि कर्मचारीका लागि मागफाराम भरेर पठाएका स्थानीय तहहरूले पनि यो परिपत्र प्राप्त भएसँगै पुन: माग फाराम भरेर पठाउन पनि पत्रमा भनिएको छ।… पुरा पढौ

सडक बत्तीको पोलमा आगलागी(भिडियो सहित)

पोखराको मोहोरियाटोल स्थित सडक बत्तीको पोलमा आगलागी भएको छ । रातिको समयमा सडक यात्रुहरुलाई उज्यालोको सहयता प्रदान गर्न राखिएका उक्त विद्युत पोलमा विद्युत सर्ट भई आगलागी भएको हो । पोलमा आगलागी भएपछि स्थानियले कसैले घरको छटबाट कसैले झ्यालबाट पानीको प्रयोग गरेर करिव आधा घण्टामा नियन्त्रणमा लिएका थिए । आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन । भिडिुयो हेर्नुहोस https://www.youtube.com/watch?v=b0pFhXQH7QQ पुरा पढौ

डडेल्धुरा दुर्घटनामा मृतक पाँचै जनाको सनाखत

डडेल्धुराका गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार बिहान भएको बस दुर्घटना मृत्यु हेने पाँच जनाकै सनाखत भएको छ। मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, ५५ वर्षीया कल्सीदेवी गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। भीमदत्त राजमार्गअन्तर्गत साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो। धनगढीबाट बझाङका लागि छुटेको… पुरा पढौ

बुढीबजारमा बसको ठक्करबाट १ को मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको बुढीबजारमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बेलुका करिब ८ बजे पोखराबाट दमौलीका लागि छुटेको बसको ठक्करले गम्भीर घाइते भएका सोही स्थानका टिकाराम तिमिल्सिनाको उपचारको क्रममा मृत्यु भएको हो । ग ६ प ३०२९ नम्बरको बाइकमा सवार पोखरा-२७ खरानेका तिमिल्सिनाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

विप्लवका मध्य कमान्ड इन्चार्ज जेल चलान

एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको अभियोगमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीका मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली 'सुदर्शन'सहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिलला अदालतले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतले मंगलबार हेमन्तप्रकाश ओली, शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र वीरबहादुर कठायतलाई थुनामा पठाउन आदेश दिएको हो। श्याम गुरुङले दिएको रिटमा सुनुवाइ गर्दै उनीहरूलाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत ललितपुरले… पुरा पढौ

नेकपाका कान्छा अध्यक्ष जसले क्रान्तिमा गुमाएका थिए बाआमा

नेकपाले एकता घोषणा गरेको ११ महिना पछी जिल्ला तहको नेतृत्व घोषणा गर्दा सबैभन्दा कान्छा उमेरका जिल्ला अध्यक्ष उदयपुरका विनोद कटुवाल हुन पुगेका छन् । ३२ वर्षिय कटुवाल जनयुद्धका शहिद पुत्र समेत हुन् । उनका बाबा मोहन कटुवाल ०५५ शहिद भएका थिए भने आमा गंगा कटुवाल ०५९ मा शहिद भएकी थिइन् । बाबा र आमा जनयुद्धमा शहिद भएपछि उनी र उनकी बहिनि सिन्धुपाल्चोकको आधारक्षेत्रमा गएर अध्ययन गर्नुको साथै राजनीतिमा सक्रिय भएका… पुरा पढौ

अव देशमा विद्रोह हुदैन ढुक्क हुनुहोस

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा फेरि विद्रोह नहुने भएकोले ढुक्क हुन जनतालाई आग्रह गरेका छन् । मंगलबार ललितपुरमा आयोजित आदिवासीरजनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासीरजनजाति समूदायलाई पनि सचेत गराए । उनले आदिवासीरजनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा… पुरा पढौ

झनै शसक्त आन्दोलनमा उत्रिदै अस्थायी शिक्षकहरु

अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले सरकार विरुद्ध थप आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारलाई दबाव स्वरुप थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको भद्रकालीको धर्ना कार्यक्रम यथावत राखेको र बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा… पुरा पढौ

‘ग्रेटर नेपाल’ का अभियन्ता फणीन्द्र नेपाल किन परे पक्राउ ?

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो पक्रेको छ । नरेशकुमार न्यौपानेले आफूले नेपालसँग लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । नेपालले उजुरी दिने न्यौपाने आफ्नो घरबेटी भएको बताउँदै आफूलाई फसाइएको दाबी गरेका छन् । उनले घरबेटीलाई पहिल चेक दिएको र पछि नगदै भुक्तानी गरेपछि पनि चेक फिर्ता नगरी उजुरी दिएको दाबी गरेका छन् । पुरा पढौ

पोखरा विश्वविद्यालयमा रोकिएको परीक्षा वैशाख १६ देखि

पोखरा विश्वविद्यालयमा रोकिएको परीक्षा १६ वैशाखबाट सञ्चालन हुने भएको छ। विद्यार्थीको आन्दोलन र तालाबन्दीका कारण परीक्षा मिति हेरफेर र स्थगित हुँदै आएको परीक्षा वैशाख १६ देखि सञ्चालनमा आउने भएको हो। विश्वविद्यालयले चारवटा संकायको परीक्षा २०७५ फागुन ३० लाई तोकेको थियो। उक्त मितिमा परीक्षा सञ्चालन हुन नसकेपछि २०७५ चैत्र १५ त्यसपछि २०७६ वैशाख ६ गतेका लागि तोकिएको थियो। विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उपकुलपति, रजिष्टार र परीक्षा नियन्त्रकको कार्यालयमा तालाबन्दी गरेपछि वैशाख… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं