ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो पक्रेको छ ।
नरेशकुमार न्यौपानेले आफूले नेपालसँग लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।
नेपालले उजुरी दिने न्यौपाने आफ्नो घरबेटी भएको बताउँदै आफूलाई फसाइएको दाबी गरेका छन् ।
उनले घरबेटीलाई पहिल चेक दिएको र पछि नगदै भुक्तानी गरेपछि पनि चेक फिर्ता नगरी उजुरी दिएको दाबी गरेका छन् ।






