मुख्य समाचार

नेकपा स्थायी समिति बैठक,५ एजेण्डामा छलफल हुने

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले दिउँसो बस्ने पार्टीको स्थायी कमिटी बैठकका लागि पाँचवटा एजेण्डा तय गरेको गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटीमा लैजाने, विधान संशोधन, अर्को केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।करीब… पुरा पढौ

सिन्धुपाल्चोकमा बस दुर्घटना ,१३ को मृत्यु १८ घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १८ जना घाइते छन् । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा दुर्घटना भएको हो । भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनाका घाइतेमध्ये १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौर र गम्भीर घाइते भएका ६ जनालाई हेम्स अस्पताल काठमाडौंमा रिफर… पुरा पढौ

पौडेललाई भेट्न निवासमै पुगे देउवा, के-के भयो छलफल ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीमा बढेको बिबाद मथ्थर  पार्ने प्रयासस्वरुप शनिबार बिहान नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।  बिहान १० बजे सभापति देउवा उपसभापति विमलेन्द्रलाई लिएर पौडेल निवास बोहोराटार पुगेका थिए । देउवा र पौडलबीच १ घण्टा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए ।  पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि शनिबार देउवा सहमति खोज्न पौडेलसँग कुराकानी गर्न पुगेका हुन् ।  पार्टीको स्थानीय… पुरा पढौ

बम बिष्फोट गराएको आशंकामा महरा दिदीबहिनी पक्राउ

प्रहरी निरिक्षक सहित तीन जनाको मृत्यु भएको धनुषा बम बिस्फोट प्रकरणमा ‘विप्लव’ समुहको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित राजेश साहको घरको गेटमा बम झुन्ड्याउने व्यक्ति नेत्रविक्रम चन्द विप्लव समुहमा आबद्ध भएका व्यक्ति संलग्न हुन सक्ने प्रहरीले आशंका गरेको छ। सोही आशंकामा धनुषा जिल्ला हंसपुर नगरपालिका २ की ललिता देवी महरा र सीता देवी महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विप्लव समुहमा आबद्ध रहेका दुवै जना दिदिबहिनी घटनामा संलग्न भएको… पुरा पढौ

प्रहरीकै गल्तीले गयो ३ जनाको ज्यान

धनुषामा शुक्रबार राति भएको बम विस्फोटको घटनामा प्रहरीले साबधानी नअपनाउँदा मानवीय क्षति भएको खुलेको छ । शंकास्पद बस्तु बम हुन सक्ने सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले केही होइन भन्दै झोला चलाएलगत्तै शक्तिशाली विस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमिरकुमार दाहालले ‘केही होइन’ भन्दै झोला छोएलगत्तै विस्फोट भएको बताइन्छ । प्रहरीले शंकास्पद बस्तु फेला परेपछि सेनाको डिस्पोजल टोली लाई बोलाएको भए क्षति कम हुन… पुरा पढौ

पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

जोमसोम– अबिरल बर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउपालिका –३ गुईठे भीरमा पहिरो गएको छ । पहिरोले बेनी–जोमसाम ७६ किमी सडक अवरुद्ध भएको आयोजना प्रमुख मुकुन्द्र अधिकारीले जानकारी दिए । गएरातिको अविरल बर्षाले सडक माथिबाट पहिरो गई करिव ३५ मिटर सडकमा ठुला ठुला ढुङ्गा र माटो थुप्रिएपछि बेनी–जोमसोम सडक अवरुद्ध भएकोआयोजना प्रमुख अधिकारीले बताए बर्षाले म्याग्दीाको गुईठेमा सडक अवरुद्ध भएपछि शनिबार बिहानै देखि म्याग्दी र मुस्ताङ तर्फ छुटेका लामो दुरीका यातायातका साधनहरु… पुरा पढौ

बम विस्फोट घटना अपडेट : प्रहरी निरीक्षक अमिरको पनि मृत्यु

धनुषाको धनुषाको थिरेश्वरनाथ नगरपालिका -५ स्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी राजेश साह र उनका छोरा रहेका छन् ।  विस्फोटमा गम्भीर घाइते… पुरा पढौ

मध्यरातमा बम विस्फोट : २ को मृत्यु, प्रहरी निरीक्षकसहित ६ जना गम्भीर

धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा  २ जनाको मृत्यु गएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् ।  शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा  इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राति १२… पुरा पढौ

आजको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै हाल देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भइरहेको जनाएको छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ । शुक्रबार अपराह्नदेखि पानी पर्न शुरु भएको थियो । राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा साथै पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।… पुरा पढौ

पत्रकार नै आन्दोलित, प्रेस काउन्सिलमा तालावन्दी

प्रेस काउन्सिलले जारी गरेको पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नतिजा पुनरावलोकनको माग गर्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलले माग पूरा गर्ने विषयमा कुनै चासो नदेखाएपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको बताएका छन् । तालाबन्दी गर्ने समयमा काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ कार्यालयमा उपस्थित थिएनन् । पत्रकारहरू संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति, काठमाडौं, ललितपुर र भक्तपुर शाखाले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं