मुख्य समाचार

विप्लवका स्याङ्जा इन्चार्ज गोरखाबाट पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ घर भएका ३२ वर्षीय जीवन क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए। पक्राउ परेका पराजुली विप्लव समूहका स्याङ्जा जिल्ला इन्चार्ज भएको उनले बताए। पक्राउ परेका… पुरा पढौ

भन्सार प्रमुखलाई साढे १० करोड अनियमितता मुद्दा

सिन्धुपाल्चोकको तातोपानी भन्सा कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतसमेत ५ जनाउपर साढे १० करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ । बस्नेतसहित ५ जना विरुद्ध अख्तियारले शुक्रबार १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ११ स्थायी बासिन्दा बस्नेत २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवा प्रवेश गरेका थिए । हाल उपसचिवको रुपमा तातोपानी… पुरा पढौ

हिमपातको पीडा : परीक्षामा लेख्न नसकेर यसरी रोए विद्यार्थी

हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा शुक्रबारदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो । शुक्रबार पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा आगोको सहायताले परीक्षा दिएका छन् । कक्षा १ मा २५ विद्यार्थी रहेका… पुरा पढौ

हिमपातका कारण डोल्पामा वार्षिक परीक्षा स्थगित

लगातार भइरहेको हिमपातका र चिसो अत्यधिक बढेको कारण हिमाली जिल्ला डोल्पामा वार्षिक परीक्षा स्थगित भएको छ । जिल्लाको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगित भएको हो । प्रश्नपत्र एउटै हुने हुदा नगरपालिका भित्र पर्ने अन्य विद्यालयमा पनि परीक्षा… पुरा पढौ

चिसोबाट जोगिन के गर्ने ?

विस्तारै मौसम बदली भएसंगै चिसोको अनुभुति सुरु हुन थालेको छ। गर्मी महिना सकिन थाले संगै क्रमिक रूपमा जाडोले छोप्न थालेको हो। बिशेषतह गर्मि समयमा भन्दा जाडो मौसममा बालबालीका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा बिभीन्न समस्याहरू देखा पर्ने गर्छन्। चिसोबाट जोगिन सकियो भने  धेरै रोगहरूबाट बच्न सकिन्छ। नबजात शिशु बालबालीकादेखि बृद्ध सम्मले जाडोमा बिशेष साबधानी अपनाउनुपर्ने चिकीत्सकहरूको सुझाब छ। भनिन्छ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बेश हुन्छ। जाडोका बेला देखिने… पुरा पढौ

नेकपाको सचिवालय बैठक भोली बस्ने

आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक २८ गतेका लागि सरेको छ । उपनिर्वाचनको समीक्षा, आगामी स्थायी कमिटी बैठकको कार्यसूची तथा बाँकी रहेका एकीकरणका काम लगायतको कार्यसूचीमा छलफल गर्न बैठक भोली बस्ने भएको हो । मंसिर १४ गते उपनिर्वाचन भएका ठाउँबाट समीक्षात्मक प्रतिवेदन बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो। सबैको प्रतिवेदन समयमै नआएको भन्दै मंसिर २३ गते बसेको सचिवालयको बैठकले पुनः निर्देशन दिएको थियो… पुरा पढौ

विपद् प्राधिकरणको पहिलो कार्यकारी प्रमुखमा ई. पोखरेल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा ई. अनिल पोखरेल नियुक्त भएका छन् । बिहीबारको मन्त्री परिषद् बैठकले उनलाई प्राधिकरणको पहिलो कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । उनी विराटनगर-२, मोरङ निवासी हुन् । कार्यकारी प्रमुखको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले अनिल पोखरेल, डा. प्रेमबहादुर थापा र विष्णुप्रसाद खरेलको नाम कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । यिनै व्यक्तिमध्येबाट मन्त्री परिषद् बैठकले पोखरेललाई नियुक्त गरेकोे… पुरा पढौ

हिउँले ढाक्यो मुस्ताङ, जनजीवन कष्टकर

चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।          उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी… पुरा पढौ

राष्ट्रियसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गर्न सूचना जारी गरेको छ । बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै माघ ९ गते हुने निर्वाचनका लागि दल दर्ता गर्न भनेको हो ।  आयोगले दल दातृका लागि राजनीतिक दलहरुलाई मंसिर २७ गतेदेखि पुष ६ गतेसम्म १० दिनको अवधि तोकेको छ ।  राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन लागेकाले त्यसपछि रिक्त हुने पदमा आयोगले निर्वाचन गर्न लागेको हो । राष्ट्रपतिबाट मनोनित… पुरा पढौ

नेपालका जहाजहरू युरोपको आकाशमा उडाउन नपाउने !

नेपाल यूरोपेली यूनियनको कालोसूचिबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ । यूरोपेली यूनियनले यसै साता संसारभरका वायुसेवा कम्पनीका सम्बन्धमा अपडेट गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको हो । यसले गर्दा नेपालभित्र दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनी अझै कम्तीमा ६ महिना युरोपको आकाशमा उड्न नपाउने भएका छन् । स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल चाँडै सुचीबाट निस्किने दावी गरेका थिए । नेपाल सन् २०१३ देखि ईयूको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं