मुख्य समाचार

कांग्रेस बैठक आज पनि बस्दै, पौडेल-सिटौला पक्षको बहिष्कार कायमै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि बस्दैछ। महाधिवेशनको विषयले प्रवेश पाउनुभन्दा विभाग गठन गरेर समय लम्ब्याउने स्थिति बनेपछि संस्थापन इतर समूहले बहिस्कार गरेको बैठकमा खासै निर्णय निस्कन सकेको छैन ।  बिहीबारेखि उपनिर्वाचनको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बैठक शुरु भएको थियो । बहुमतको आधारमा बैठक अगाडि बढाएर निर्णय गर्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा पुगेको देखिन्छ ।  यता, पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला… पुरा पढौ

पोखरामा कडा चिसो

पोखरामा सोमबार निकै चिसो भयो । चिसोका कारण बिहानको समय निकै कठिन भयो । अन्य दिनको तुलनामा सोमबार बढी चिसो महसूस भएको थियो । बिहान ७ः३० बजेतिर हुस्सु समेत लागेको थियो भने ९ बजे तिर झलमल घाम लागेको केही राहतको महसूस भएको छ । घाम लागेसंगै हुस्सु हट्नेक्रममा छ । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान… पुरा पढौ

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

 प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम) कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको छ । स्थायी राजधानीको विषयमा भने समितिका सदस्यहरुले सञ्चारकर्मीलाई फरक-फरक नाम बताउने गरेका छन् । ‘बुटवलबाट पश्चिम रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि… पुरा पढौ

यो हो नेपालको वास्तविक नक्सा, छाप्नमा ढिलाई

संघीय संसदको संसदीय समितिले दुई पटकसम्म सबै नेपाली भूभाग समेटेर नक्सा सार्वजनिक गर्न निर्देशन दिएको भए पनि सो काम भने अझै हुन सकेको छैन ।  संसदीय समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न गएको शुक्रबार पछिल्लो पटक निर्देशन दिएको हो । यसअघि पनि संसदीय समितिले यसैगरी निर्देशन दिएकोमा शुक्रबारको निर्देशन दोस्रो हो ।   पुरा पढौ

जडिबुटी संकलन गर्न गएका १२ जना बेपत्ता

तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडिबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । ढिपुगाउँबाट पाटन पुग्न दुई दिन लाग्छ । उनले भने “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडिबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए तर गएदेखि आजसम्म सम्पर्कमा छैनन् । १२ जनाको अवस्था अज्ञात रहेको छ ।”     उनका अनुसार… पुरा पढौ

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति अबेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।  हर्टअट्याक भएपछि अस्पताल लैजाने क्रममा राति १०ः २० बजे उनको मृत्यु भएको कलाकार निर्मल शर्माले जानकारी दिए । भटट्राई उच्च रत्तचाप र सुगरका विरामी थिए ।  निर्देशक तथा कलाकार समेत रहेका भट्टराई बोर्डका बहालवाला अध्यक्ष हुन् । दुई वर्षे कार्यकालका लागि सरकारले गत चैतमा भट्टराई वोर्डको अध्यक्षमा नियुक्त गरेको थियो… पुरा पढौ

उपचुनाव गम्भीर शिक्षा : प्रचण्ड (प्रतिवेदनको पूर्णपाठ)

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको परिणामले नेकपालाई उत्साह नजगाएको भए पनि पाठ भने सिकाएको जनाएका छन् । प्रचण्डले स्थायी कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचन समीक्षा उपशीर्षकमा धरान उपमहानगरपालिका, भक्तपुर प्रदेशसभा लगायत पहिले पार्टीले जितेका आठ स्थान गुमाउनु परेको उल्लेख गर्दै त्यसबाट पार्टीमा ठूलो धक्का लागेको बताएका हुन् । यद्यपि प्रचण्डले पहिले भन्दा उपनिर्वाचनमा ११ स्थान बढी विजय हासिल गरे पनि धरान र… पुरा पढौ

महोत्सवमा राष्ट्रिय महिला भलिबल र सामूहिक नृत्य प्रतियोगिता

‘प्रदेशको शान, पोखरेलीको पहिचान’को बनेको चिडियाखाना पोखरा महानगरमा बन्दै छ । चिडियाखाना निर्माणको अगुवाई गर्ने युनाइटेड क्लब पोखरा भने अहिले १० औं पोखरा महोत्सवमा केन्द्रीत छ । महोत्सवबाट भएको बचतमध्ये २० प्रतिशत चिडियाखाना बनाउन लगानी गरेको क्लबले अहिलेसम्म यसका लागि ५५ लाख ८५ हजार हस्तान्तरण गरिसकेको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ३०, ३१, र ३२ मा रहेका पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टरमा… पुरा पढौ

सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृतकको संख्या १५ पुग्यो

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो। घटनामा मृत्यु हुने ६ जनाको मात्रै सनाखत भएको छ। सिन्धुपालचोक जुगल गाउँपालिका(७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ र सोही गाउँपालिकाका ७ वर्षीय सबिना तामाङ, दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ र सोही नगरपालिका(९ वर्ष… पुरा पढौ

बागलुङको किबीले बजार पाउँदै

अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ । निसिखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष पहिले व्यावसायिक रुपमा गरेको किबीखेतीले अहिले उत्पादन दिन थालेपछि बजार पठाउन भ्याइनभ्याइ छ । घर्तीले यही… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं