यो हो नेपालको वास्तविक नक्सा, छाप्नमा ढिलाई

संघीय संसदको संसदीय समितिले दुई पटकसम्म सबै नेपाली भूभाग समेटेर नक्सा सार्वजनिक गर्न निर्देशन दिएको भए पनि सो काम भने अझै हुन सकेको छैन । 

संसदीय समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न गएको शुक्रबार पछिल्लो पटक निर्देशन दिएको हो ।

यसअघि पनि संसदीय समितिले यसैगरी निर्देशन दिएकोमा शुक्रबारको निर्देशन दोस्रो हो ।