मंसिर २९ गते २०७६

ताजा समाचार

मंसिर २९ गते २०७६

सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृतकको संख्या १५ पुग्यो



सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।

घटनामा मृत्यु हुने ६ जनाको मात्रै सनाखत भएको छ। सिन्धुपालचोक जुगल गाउँपालिका(७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ र सोही गाउँपालिकाका ७ वर्षीय सबिना तामाङ, दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ र सोही नगरपालिका(९ वर्ष २८ की मञ्जु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका-५ अन्दाजी २८ मेहेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका(८ का वर्ष ३२ का चिनु बस्नेतको मृत्यु भएको हो।

उक्त दुर्घटनामा १७ जना घाइते मध्य केहीका अवस्था अझै गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्स्पेक्टर गणेश खनालले जानकारी दिएका छन् ।