मुख्य समाचार

ओली–प्रचण्डको प्रतिवेदनमा बेदुरामको नोट अफ डिसेन्ट

नेकपा नेता बेदुराम भुसालले मंगलबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा फरक मत रखेका छन् । माधव नेपाल समूहका नेता भुसालले असहमतिसहित टिप्पणी र सुझाव पनि दिएका छन् । उनले १४ वटा बुँदामा अध्यक्षको प्रतिवेदन परिमार्जनको माग गरेका छन् । उनले विधान मिचिएको दाबी गर्दै अध्यक्षद्वयका तर्फबाट प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि फरक मत राखेका हुन् । स्थायी कमिटी बैठकमा प्रस्तुत बेदुराम भुसालको टिप्पणी नेकपा स्थायी कमिटीको चौथो… पुरा पढौ

न्यायाधीशका सुरक्षागार्डको पेस्तोल बोकेर प्रेमी फरार

उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गार्डको रुपमा खटिएकी प्रहरी जवानको पेस्तोल लगेर उनका प्रेमी फरार भएका छन् । प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउन्ड गोली लोड भएको पेस्तोलसहित फरार भएका हुन् । प्रहरीले प्रहरी जवान रनितालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । प्रहरी अधिकारीका अनुसार केवट जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा बस्दै आएकी थिइन् । केवटका प्रेमी पनि मंसिर १९ गतेबाट सँगै कोठामै बस्दै आएका थिए… पुरा पढौ

विद्या भट्टराईले लिइन् पद तथा गोपनियताको शपथ

गत मंसिर १४ को उपनिर्वाचनबाट कास्की–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन रहेकोमा अहिले सभामुख नभएको अवस्थामा उपसभामुख तुम्वाहाम्फेले शपथ खुवाएकी हुन् । शपथ ग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति रहेको थियो । पुरा पढौ

पूर्व माओवादीले सभामुख नछाड्ने !

प्रतिनिधिसभाको बैठक पुस ४ गते बस्दैछ र हिउँदे अधिवेशनको पहिलो काम सभामुख तोक्ने रहेको छ । यसका लागि बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र माथापच्चिसी चलिरहेको छ । बाहिर भनिँदा सभामुखमा पूर्व सभामुख सुवास नेम्वाङको नाममा सहमति भइरहेको दावी गरिन्छ । तर यथार्थ योभन्दा फरक छ ।  सुवास नेम्वाङका नाममा सहमति जुटाउनु पर्यो भन्ने सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीको खेमा अब पूर्व एमाले र माओवादी भन्ने रहेन भन्ने तर्क… पुरा पढौ

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले शपथ ग्रहण गर्दै

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदको लागि भएको उपनिर्वाचनमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई हराउदै नेकपाकी रविन्द्रकै… पुरा पढौ

विदेश गएर बेपत्ता हुने बढे

वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अनुसार उसको सम्पर्कमा आएकामध्ये गएको छ वर्ष (सन् २०१३ देखि २०१९ नोभेम्बर)सम्म वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा गएर आफन्त हराएको भन्दै ३८८ जनाले… पुरा पढौ

आज पुस १ गते : कालो दिवस मनाइँदै नेपाली कांग्रेस

प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा मंगलबार कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरेका थिए ।  नेपाल तरुण दलको कार्यक्रममा सहभागीभइरहेका पहिलो निर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।   सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका… पुरा पढौ

घुम्नैपर्ने सूचीमा नेपाल पहिलो स्थानमा

“बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको… पुरा पढौ

नेपालमै यस्तो घटना : सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नउठेपछि…

विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन् । यो झापाको घटना हो ।          मङ्सिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो ।          वैवाहिक कार्यक्रम अनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार… पुरा पढौ

सिद्धबाबालाई फेरि दिइयो ७ दिनको म्याद

आफ्नै अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ । अदालतले यसअघि ३ पटक गरि कृष्णदासलाई १४ दिनको म्याद दिइसकेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोश शर्माले अदालतको आदेश बमोजिम ७ दिन म्याद थप गरी तत्कालकालागि कृष्णदासलाई बिराट नर्सिङ होममै फर्काइएको जानकारी दिएका छन् । जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाएपनि अनुसन्धानको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं