प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले शपथ ग्रहण गर्दै

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ ।

१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदको लागि भएको उपनिर्वाचनमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई हराउदै नेकपाकी रविन्द्रकै पत्नी विद्या भट्टराई उम्मेदवार बनेकी थिइन् ।