विद्या भट्टराईले लिइन् पद तथा गोपनियताको शपथ

गत मंसिर १४ को उपनिर्वाचनबाट कास्की–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन रहेकोमा अहिले सभामुख नभएको अवस्थामा उपसभामुख तुम्वाहाम्फेले शपथ खुवाएकी हुन् ।

शपथ ग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।