मुख्य समाचार

प्रदेश २ मा राजपा-नेकपा सरकार !

प्रदेश २ मा समाजवादी पार्टी नेपाललाई धक्का लाग्ने देखिएको छ । आमनिर्वाचनमा तालमेल गरेका राजपा र समाजवादीबीच उपनिर्वाचनमा तालमेल भएन । यसैबीच बुधबार राष्ट्रिय सभा निर्वाचनमा नेकपा राजपा तालमेलको समझदारी भएको छ । समझदारीमा राजपा अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो र नेकपा अध्यक्ष द्धय प्रचण्ड र केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् । यो समझदारीले समाजवादीलाई राष्ट्रिय सभामा धक्का त लाग्ने नै छ, सँगसँगै सरकारबाट पनि बाहिरिनुपर्ने अवस्था आउनसक्ने देखिएको… पुरा पढौ

कांग्रेसको विवाद : नेता पौडेलको ‘तीर’ एकातिर, ‘निशाना’ अर्केतिर !

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको २ पटक भैसकेको छ । आगामी महाधिवेशनको विषयमा विमत्ति राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षले वहिष्कार गरेपछि सहमति गर्ने भन्दै बैठक स्थगित गरिएको हो । पौडेल र सिटौला पक्षलाई सहमतिमा ल्याएर विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवा आफै लागे पनि सार्थकता पाउन सकेन । त्यसपछि उनले वार्ता टोली बनाएर सहमतिको प्रयास गरेका छन् । उनले विवाद मिलाउने जिम्मा उपसभापति… पुरा पढौ

स्वेता खड्काले बनाइदिइन् यति चिटिक्कको वस्ती

रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै… पुरा पढौ

पूर्वमन्त्री गोकर्ण विष्ट यतिधेरै दुःखी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेता गोकर्ण विष्टले मन्त्रीबाट हटाइएकोमा दुःखेसो पोखेका छन् । स्थायी कमिटी बैठकमा बुधबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादन मूल्याङ्कनमै प्रश्न उठाएका थिए । पूर्व श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रहेका विष्टले मन्त्रीबाट हटाइँदा आफूले अपमानित महसुस गरेको र हटाइने विधि पनि स्पष्ट नभएको बताएका थिए । ‘राजीनामा मागेको भएँ खुरुक्क दिन्थेँ तर अपमानपूर्व हटाइयो’, उनले बैठकमा भनेको कुरा एक स्थायी कमिटी… पुरा पढौ

अमेरिकाद्धारा नेपाली सेनालाई २ विमान हस्तान्तरण

अमेरिकी सरकारले नेपाली सेनालाई दुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गिरीलाई ती स्काई ट्रक हस्तान्तरण गरेका हुन्।छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपयुक्त मानिन्छन्। नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी स्काई ट्रकबाट महत्वपूर्ण योगदान पुग्नेछ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो… पुरा पढौ

नक्कली कागजात बनाएर लाइसेन्सको ट्रायल दिने २ पक्राउ

नक्कली कागजातका आधारमा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल दिइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दीपक शाहीलाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला पशासन कार्यालय लेखिएको… पुरा पढौ

पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दर्ता

तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो। गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटपिट गरेको थियो । मिडियाका तर्फबाट मदन अर्याल… पुरा पढौ

आयो लोकसेवा आयोगको नतिजा (नामावलीसहित)

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, तह र पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ । नतिजा हेर्नुहोस्ः पुरा पढौ

सिके राउतलाई राष्ट्रियसभामा लैजाँदै नेकपा

नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ । कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते पूरा हुँदै छ । रिक्त १९ स्थानका निम्ति आगामी माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयोगले तय गरिसकेको छ । १९ मध्ये २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा पुर्याउने ४ जनाका लागि नेकपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी… पुरा पढौ

पत्रकारिताबाट अलग भएका पत्रकारको सदस्यता खारेज हुने

नेपाल पत्रकार महासंघले संगठन सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने भएको छ । महासंघले आगामी जिल्ला अधिवेशन गर्दा पत्रकारिता पेशाबाट अलग भएका पत्रकारको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । गत मङ्सिर २९ र ३० गते नवलपरासी (पूर्व) नवलपुरमा भएको केन्द्रीय सङ्गठन समितिको बैठक एवं साङ्गठनिक भेलाले सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, निजामती कर्मचारी, राजनैतिक दलका ३ तहका पदाधिकारीहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको महासचिव रमेश विष्टले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं