पूर्वमन्त्री गोकर्ण विष्ट यतिधेरै दुःखी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेता गोकर्ण विष्टले मन्त्रीबाट हटाइएकोमा दुःखेसो पोखेका छन् ।

स्थायी कमिटी बैठकमा बुधबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादन मूल्याङ्कनमै प्रश्न उठाएका थिए ।

पूर्व श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रहेका विष्टले मन्त्रीबाट हटाइँदा आफूले अपमानित महसुस गरेको र हटाइने विधि पनि स्पष्ट नभएको बताएका थिए ।

‘राजीनामा मागेको भएँ खुरुक्क दिन्थेँ तर अपमानपूर्व हटाइयो’, उनले बैठकमा भनेको कुरा एक स्थायी कमिटी सदस्यले उद्धृत गरे ।

पूर्वमन्त्री विष्टले राजीनामा माग नगरिँदा हटाइँदा ‘अयोग्य’ को सन्देश गएको समेत बताएका थिए । उनले कार्य सम्पादन मूल्याङ्कन पनि पारदर्शी नभएको भन्दै असन्तोष प्रकट गरेका थिए ।