मुख्य समाचार

महतगौंडाको गल्छी भत्काइँदै, १५ दिन बाटो बन्द हुने

पोखरा १७ महतगौंडाबाट सीतापाइला झर्ने बाटोको साँघुरो गल्छी काटिने भएको छ । जानकी माविको स्वामित्वमा रहेको यो गल्छी फराकिलो बनाउन पोखरा महानगरले अनुमति दिएको हो । गल्छी काट्ने अवधिभर महतगौडा हुँदै आउने जाने पोखरा १७ का सीतापाइला, लामतारा, दोबिल्ला, भरतपोखरी, निर्मलपोखरी चल्ने सबारी बन्द हुने छन् । महानगरले बुधबार बाटो फराकिलो बनाउन अनुमति दिएपछि शनिबारबाट काम थालिने जानकी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम भण्डारीले जानकारी दिए । आइतबारदेखि २१… पुरा पढौ

२४ एसपीको सरुवा, को कहाँ ?

प्रहरी प्रधान कार्यालयले २४ जना  प्रहरी उपरिक्षक (एसपी ) हरुको सरुवा गरेको छ। प्रहरी उपरीक्षकहरूले पुस महिनाको तलबभत्तासमेत सरुवा भएको दरबन्दीबाट खाने गरि सरुवा गरिएको छ । सरुवा सुची अनुसार प्रचण्डको गृह जिल्ला चितवनमा गंगा पन्तलाई पठाइएको छ भने दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौंमा तानिएको छ।  धनुषामा रमेश कुमार बस्नेतको सरुवा भएको छ। झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ। त्यस्तै, कंचनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रवीराज… पुरा पढौ

प्रचण्डपत्नी सीता हरिद्वारस्थित रामदेवको आश्रममा

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल हरिद्वारस्थित पतन्जली योगपिठमा आयुर्वेदिक उपचार गराइरहेको उनको परिवारले जनाएको छ। सो योगपिठमा उपचारका क्रममा सीता दाहालसँग बाबा रामदेव र आचार्य बालकृष्णसँगै रहेको उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। पार्किन्सन्स पीडित सीताको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आयुर्वेदिक उपचार थालिएको हो । प्रचण्डले उनलाई उपचारका लागि अमेरिका, सिंगापुर, युएईलगायत म्याग्दीको तातोपानीमा समेत लगिसकेका छन्। पुरा पढौ

बलात्कार आरोपित वडाध्यक्ष १५ हजार धरौटीमा रिहा

३४ वर्षीया एक महिलालाइ बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लक्ष्मी साहसहित तीन जना धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश जवाहर प्रसाद सिंहको इजलासले उनीहरुलाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आफूमाथि वलात्कार प्रयास गरेको भन्दै ३४ वर्षीया एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीले वडा अध्यक्ष साहसहित अनिल राय र मो. नसिमलाई मंसिर २२ गते… पुरा पढौ

बालबालिकाको अपहरण गरी फिरौती माग्ने पक्राउ

काठमाडौंबाट तीन बच्चालाई अपहरण गरेर ३ लाख फिरौती मागेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् ।बुधबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार २९ मंसिरमा आमा पोखरा आएको वेला सामाखुशीबाट तीन जना बच्चा अपहरित भएका थिए ।अपहरण गरेर टोखा–९, शान्ति टोलस्थित होटल… पुरा पढौ

२ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि बिनारसिद २ लाख लिएको र रसिद माग्दा नदिएको भन्ने निवेदनका आधारमा नियन्त्रणमा लिइएको हो । आयोगको बुटवल कार्यालयको टोलीले वडाध्यक्ष मगरसँग मिलेमतो गरेको आरोपमा लेखनदास रवीन्द्रप्रसाद यादवलाई पनि नियन्त्रणमा लिइ अनुसन्धान… पुरा पढौ

डा.श्रेष्ठलाई बन्धक बनाउने योञ्जन कारागार चलान

नेपाल प्रहरीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा. श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिएका… पुरा पढौ

४ वटा खोप एकै पटक लगाउदा डेढ महिने शिशुको मृत्यु

इलाम माङ्सेबुङ्ग गाउँपालिका ४, सिमलटारमा एकै पटक ४ खोप लगाउदा डेढ महिनाको बालिकाको मृत्यु भएको छ । सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको हो । एकैपटक चार वटा सुई लगाए पछि भार थेग्न नसकेर बिरामी भएको बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृत्यु भएको परिवारले जनाएको छ… पुरा पढौ

डा. भक्तमान श्रेष्ठका अपहरणकारी पक्राउ

डा. भक्तमान श्रेष्ठका अपहरणकारी गौतम योञ्जन ९ वर्षपछि पक्राउ परेका छन् । डाक्टर श्रेष्ठलाई अपहरण गरी फिरौती लिएका योञ्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको हो ।  सीआईबीका प्रवक्ता बेलवहादुर पाण्डेका अनुसार योञ्जनलाई बिहीबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी केन्द्रीय कारागार, सुन्धारा पठाइएको छ ।  २०६७ साल जेठ ४ गते अस्पतालबाट घर फर्कने डाक्टर श्रेष्ठ अपहरणमा परेका थिए । अपहरण पश्चात श्रेष्ठलाई काठमाडौं र… पुरा पढौ

महराको मुद्धा अबको १ महिनामा टुंगिएला ?

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ । साथै महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको छ । संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं