३४ वर्षीया एक महिलालाइ बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लक्ष्मी साहसहित तीन जना धरौटीमा रिहा भएका छन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश जवाहर प्रसाद सिंहको इजलासले उनीहरुलाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
आफूमाथि वलात्कार प्रयास गरेको भन्दै ३४ वर्षीया एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीले वडा अध्यक्ष साहसहित अनिल राय र मो. नसिमलाई मंसिर २२ गते पक्राउ गरी मुद्दा चलाएको थियो । उनीहरु जनही १५ हजार धरौटीमा रिहा भएको अदालतले जनाएको छ ।






