पोखरा १७ महतगौंडाबाट सीतापाइला झर्ने बाटोको साँघुरो गल्छी काटिने भएको छ ।
जानकी माविको स्वामित्वमा रहेको यो गल्छी फराकिलो बनाउन पोखरा महानगरले अनुमति दिएको हो । गल्छी काट्ने अवधिभर महतगौडा हुँदै आउने जाने पोखरा १७ का सीतापाइला, लामतारा, दोबिल्ला, भरतपोखरी, निर्मलपोखरी चल्ने सबारी बन्द हुने छन् ।
महानगरले बुधबार बाटो फराकिलो बनाउन अनुमति दिएपछि शनिबारबाट काम थालिने जानकी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम भण्डारीले जानकारी दिए । आइतबारदेखि २१ गतेसम्म १५ दिनमा बाटो चक्लाउन महानगरले अनुमति दिएको छ । भण्डारीले भने, ‘१५ दिनको समय भए पनि सकेसम्म चाडै काटेर बाटो खोल्ने प्रयत्न हुन्छ । काम नसिकएसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनुहुन आनुरोध गर्दछौं ।’
साँघुरो गल्छीका कारण यहाँ दैनिकजसो गाडी बिग्रिने, तल वा माथिबाट आएका सबारी नदेखिने र ब्याक गर्न पनि मिल्ने ठाउँ नहुँदा दुर्घटनासमेत हुने गरेका थिए ।






