२ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि बिनारसिद २ लाख लिएको र रसिद माग्दा नदिएको भन्ने निवेदनका आधारमा नियन्त्रणमा लिइएको हो ।

आयोगको बुटवल कार्यालयको टोलीले वडाध्यक्ष मगरसँग मिलेमतो गरेको आरोपमा लेखनदास रवीन्द्रप्रसाद यादवलाई पनि नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन्।

वडाध्यक्ष मगरलाई बिहीबार उनकै वडामा रहेको होली चाइल्ड स्कुल नजिकबाट र यादवलाई मालपोत कार्यालय नवलपरासी ९बर्दघाट, सुस्ता पश्चिम० जाने बाटोबाट नियन्त्रणमा लिएइको हो ।