मुख्य समाचार

बाटो खन्नेक्रममा हचुवामा बम पड्काउँदा…

देशभर विकास निर्माणको कार्यले गति लिँदै गर्दा अनेकन विनाशको चपेटा जनताले सहनु परेको छ । यसैको ज्वलन्त उदाहरण बनेका छन्, गुल्मीको कालीगण्डकी गाउँपालिका वडा न २ बौरका स्थानिय। राष्ट्रिय गौरवकै योजना कालीगण्डकी कोरिडोरको काम भैरहँदा यहाँका स्थानियहरु भने घरवारविहीन जस्तै बनेका छन् । कोरिडोरको कामको जिम्मा पाएको नेपाली सेनाको टोलीले काम गरिरहँदा स्थानियहरुको घरमा प्रत्यक्ष असर पुगेको छ। करिडोरको बाटो खनिरहँदा करिव १०० मिटर तल रहेका १५ घरधुरी विस्थापित बनेका… पुरा पढौ

अपहरित गाउँपालिकाका अध्यक्ष शाही ३ दिन पछिमात्रै रिहा हुने !

ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाहीलाई विप्लव समुहका कार्यकर्ताले अपहरण गरेका छन् ।  शिरपाटा भन्ने ठाउँमा रहेको आफ्नै घरमा बसिरहेको अवस्थामा शनिवार राती करीव १२ वजे १५–१६ जनाको समुहमा रहेका टोलीले अध्यक्ष र उनको श्रीमती ईला शाहीलाई अपहरण गरिएको आफन्तले जनाएका छन् ।  अध्यक्षसंगै उनका भाइ हस्तवहादुर शाहीलाई राती नै र श्रीमती ईला शाहीलाई आइतबार बिहान छोडेको वुझिएको छ । दाइ भाउजुलाई खोज्न बिहानै दैलेख र कालिकोट जिल्लाको सिमानातर्फ पुगेका भाइ… पुरा पढौ

अपहरित इला जंगलमा भेटिइन्

शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन् । प्रतिबन्धित विप्लव समूहले उनीहरुको अपहरण गरेको आशंका गरिएको छ ।  शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिइन् ।  विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले… पुरा पढौ

दैलेखको गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीको अपहरण

दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । आइतबार बिहानपख १ बजेतिर ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ । शिक्षण पेशामा संलग्नरहेकी इला र अध्यक्ष शाहीलाई प्रतिबन्धित विप्लव समूहले अपहरण गरेको हुन सक्ने आशंका सुरक्षा निकायले गरेका छन्। दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अपहरणको जानकारी आएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ खटाइएको जानकारी दिएका छन् । पुरा पढौ

ल्होसारमा विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसार (पुस १५) सहित अन्य जनजातिका पाँच मुख्य पर्वमा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेका छन् । वर्तमान सरकारले तमु ल्होसारको विदा कटौति गरेका कारण यस वर्षको ल्होसारलाई आन्दोलनकै रुपमा मनाउने उनीहरुको तयारी छ । २०६२-२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिने निर्णय गरेको थियो… पुरा पढौ

नेकपाको सचिवालय विस्तार नहुने, बामदेव केन्द्रको मात्रै उपाध्यक्ष बन्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा मात्र उपाध्यक्ष रहने भएको छ । साथै सचिवालय पनि विस्तार नहुने भएको छ । बिहीबारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा केन्द्रमा उपाध्यक्ष पद सिर्जना गर्ने र बामदेव गौतमलाई जिम्मेवारी दिने प्रस्ताव पेश भएको थियो । तर, नेताहरूले केन्द्रमा उपाध्यक्ष राख्ने हो भने अरु कमिटीमा पनि राख्नुपर्ने माग गरेका थिए । ९ सदस्यीय सचिवालय विस्तारको माग पनि उठेको थियो । नेताहरूले उठाएका प्रश्नको… पुरा पढौ

नेकपाका नेताहरूलाई राष्ट्रपति भण्डारीको लञ्च, को-को पुगे ?

धुम्वाराहीमा (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर बिहानको खाना (लञ्च) सहितको भेटवार्ता गरेपछि राष्टपति भेट्ने नेताहरुले स्पष्टीकरण दिनुपरेको छ । उनीहरु पार्टीको बैठकस्थलमा ढिला पुगेपछि किन ढिला भन्दै शीर्ष नेताहरुले प्रश्न गरेका थिए । जवाफमा नेताहरुले राष्ट्रपतिले बोलाएकाले भेट गरेर आउँदा केही मिनेट ढिला भएको जवाफ दिएका थिए । त्यसपछि बैठकको कामकारवाही सुरु भएको थियो । राष्टपति कार्यलयबाट नेकपाका नेताहरुलाई छुट्छुटै… पुरा पढौ

पोखरामा नेपालकै ठूलो र सुविधा सम्पन्न फिस्टेल ड्रिमपार्क

सहरी क्षेत्रभित्रै शान्त र मनोरम ठाउँ, सबै उमेरकालाई मनोरञ्जन, विरलै सम्भव हुन्छ । भिजिट नेपाल २०२० को स्वागतमा तम्तयार पोखरामा यस्तै १ गन्तव्य थपिँदै छ । पोखरा १७ सीतापाइलामा भ्रमण वर्षभित्रै फिस्टेल ड्रिम पार्क सञ्चालनमा आउने भएको हो । चर्चित ढुंगेसाँघु मेला लाग्ने ठाउँ नजिकै बनिरहेको ड्रिमपार्क वैशाखभित्रै सञ्चालन गर्ने तयारी छ । ६५ रोपनीमा आयु इन्टरटेनमेन्ट्स प्रालिले नेपालकै ठूलो र सुविधासम्पन्न पार्क बनाउँदै छ । प्रालिका अध्यक्ष कदम केसीले… पुरा पढौ

फिर्के बचाउने योजना बनाउँदै पोखरा महानगर

पोखराको बजार क्षेत्रबाट बग्दै फेवातालमा पुग्ने फिर्के खोला प्रदूषणको मात्र चपेटामा छैन, अतिक्रमणले कतै कतै करिब अस्तित्व विहीन छ । पोखरा महानगरले फिर्के खोलाको संरक्षण, सफाई र अतिक्रमणबाट जोगाउन योजनावद्ध प्रयास थाल्ने भएको छ । शुक्रबार भएको महानगरको कार्यपालिका बैठकले फिर्केखोलाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न विषयगत विज्ञहरुको समिति बनाउने निर्णय गरेको हो । मापदण्डी विपरीत बनेका धेरै घर र भवनका तलाको कर गुमाइरहेको महानगरले घरको नक्साको बारेमा पनि… पुरा पढौ

सेतीको खोंच चाडै पर्यटकीय स्थल

पोखराको मुख्य बजारमा भासिएको सेती नदीले धेरैलाई तान्छ । सेतीको खोंच र आसपासका धाँजामा बेला बेलामा मानिसको ज्यानै जाने गरेको छ । जोखिमपूर्ण र रहस्यपूर्ण सेती खोंच अब पर्यटकलाई देखाइने भएको छ । सेतीखोच छेउ छेउमा फुटट्याक, केही ठाउँमा ठ्याम बनाएर कृत्रिमताल, बीचबीचमा रेस्टुरेन्ट लगायतका संरचना बन्ने भएका छन् । पोखरा महानगरले ठूला ३ परियोजना सार्वजनिक निजी साझेदारी(पिपिपी)मा अघि बढाउने निर्णय गरेको छ । महानगरका मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं