मुख्य समाचार

ओली-यादवबीच यस्तो खटपट

संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् । सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् । सरकार र नेकपाले समाजवादीलाई वास्ता गर्न छोडे पनि समाजवादीले सरकार नछोड्ने जनाएको छ । समाजवादीका एक… पुरा पढौ

यस्तो छ नेपालको पानीजहाज

चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानी जहाजको सफल परीक्षण गरिएको छ ।  भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो ।  निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ । निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी… पुरा पढौ

विहे नहुँदै गर्भ, जन्मिनेबित्तिकै खाल्डोमा पुरियो

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ६ की एक युवतीले विहे नहुँदै गर्भ धारण गरिन् । सुत्केरी भएपछि त्यसलाई लुकाउन बच्चालाई खाल्डोमा गाडिन् । तर, उनको कर्तुत लुकेन । उनी अहिले प्रहरी हिरासतमा छिन् । माछापुच्छ«ेको तल्लो अस्तामकी विनीता परियारलाई प्रहरीले पक्रेको छ । विनीताका छिेमेकी कर्णबहादुर परियारको बारीमा शिशुको शव फेला परेको छ । शव गाड्न जाँदा बाटोमा चुहेको रगतबाट हत्या खुलेको हो । ५ गते बिहानी बारीमा रगत देखेका… पुरा पढौ

राणाकालकी ग्रामिण साक्षर ओझा रहिनन्

जनप्रिय बहुमुखी क्याम्पसका पूर्वप्रमुख अर्थशास्त्री भोजराज ओझा, नेपाल सरकारका पूर्वसचिव एबं वाणिज्यविद् पुरुशोत्तम ओझा र निजामती सेवामा कार्यरत लेखाअधिकृत सुरेशराज ओझालाई मातृशोक परेको छ । ओझात्रयकी माता मधुमाया ओझाको ९९ बर्षको उमेरमा गत पौष ५ गते शनिवार काठमाडौंमा निधन भएको हो । उनको पार्थिव शरीरलाई शनिवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । ओझाका ४ बुहारी, ५ नाती र ३ नातिनी छन् । ९९ बर्षीया ओझा… पुरा पढौ

दुई छोरालाई गोली हानी मारेको चार दिनपछि नातिनीको पनि हत्या !

सिरहा प्रहरीले एकै घरका तीन जनाको हत्या गर्ने हत्यारालाई पक्राउ गरेको छ ।  प्रहरीले दुई दाजुभाइलाई गोली हानी मारेको र नातिनीलाई खोलामा हत्या गरेको ३० बर्षपछि फरार प्रतिवादीलाई पक्राउ गरेको हो  । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तब्य ज्यान मुद्धाका प्रतिवादी ६८ बर्षका हिरवा सहनिलाई पक्राउ गरि जिल्ला कारागार चलान गरेको छ ।  हिरवा सहनीले २०४४ पुस १३ गते कृष्णपुर वडा नं ८ साविक भई हाल अर्नमा गापा… पुरा पढौ

‘आज सार्वजनिक विदा छैन’

यहि पुस १० गते सूर्य गरुहण लाग्दैछ । इतिहासकै दुर्लभ र खतरनाक ग्रहण यस दिन लाग्नेछ । यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । यसपटक भने क्यालेन्डर (वार्षिक पात्रो) मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उनले बताए । ग्रहण बार्नेका… पुरा पढौ

चाबहिलमा बसको ठक्करबाट घाइते बनेकी पन्तको निधन

चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ । सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५:३० बजे ठक्कर दिएको थियो । उनको अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । ठक्कर… पुरा पढौ

युवती बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

युवती बलात्कार गरेको आरोपमा भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङका वडा सदस्य पक्राउ परेका छन् । मंसिर १५ गते राईले स्थानिय २४ वर्षीय एक युवतीलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा हतुवागढी गाउँपालिका वडा नं ६ का वडा सदस्य ३८ वर्षीय बालकुमार राई पक्राउ परेका हुन् । पक्राउ परेका राईलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पुरा पढौ

नक्कली घिउ सक्कली भनेर बेच्ने ३ पक्राउ

रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १५ का ३३ वर्षीय अनिल श्रेष्ठ, सोही स्थानका ३७ वर्षीय रमेश श्रेष्ठ र भारत विहारका २५ वर्षीय रामविलास यादव रहेका छन्। वीरगञ्ज महानगर–९१५ लक्ष्मणवा ब्रहमचोकस्थितमा अनिले श्रेष्ठले सञ्चालन गरेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उधोगमार्फत नक्कली घ्यू बिक्री वितरण भएको सूचनाका आरधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सो उद्योगमार्फत… पुरा पढौ

नेकपा नेताले गुण्डा लगाएर पत्रकार कुटेको आरोप

बाँकेमा कार्यरत पत्रकार सङ्गीन शर्मामाथि आइतबार साङ्घातिक आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका दुई युवाले आफूमाथि साङ्घातिक आक्रमण भएको पत्रकार शर्माले जानकारी दिए । आक्रमणबाट पत्रकार शर्माको निधार, नाक र आँखाका माथिपट्टि चोट लागेको छ । नेकपा नेता विश्वकर्माले ती युवालाई बोलाएर आफूमाथि कुटपिट गराएको कुटेको शर्माको आरोप छ । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता विश्वकर्माद्वारा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं