जनप्रिय बहुमुखी क्याम्पसका पूर्वप्रमुख अर्थशास्त्री भोजराज ओझा, नेपाल सरकारका पूर्वसचिव एबं वाणिज्यविद् पुरुशोत्तम ओझा र निजामती सेवामा कार्यरत लेखाअधिकृत सुरेशराज ओझालाई मातृशोक परेको छ ।
ओझात्रयकी माता मधुमाया ओझाको ९९ बर्षको उमेरमा गत पौष ५ गते शनिवार काठमाडौंमा निधन भएको हो । उनको पार्थिव शरीरलाई शनिवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
ओझाका ४ बुहारी, ५ नाती र ३ नातिनी छन् । ९९ बर्षीया ओझा साक्षर थिईन् । उनले महिलाहरू चुलोचौकामा मात्र सीमित भैरहेको त्यो समयमा श्रीमान् कालिदास ओझाबाट घरमा नै बसी अनौपचारिक शिक्षा हासिल गरेकी थिईन् । सामान्य लेखपढ गर्न जान्ने ओझाले २÷३ बर्ष अघिसम्म पनि बिना चश्मा गीता पाठ गर्ने क्षमता राख्थिन् ।
‘हजुर आमाको निधनबाट सिंगो परिवार स्तब्ध बनेको छ, एउटा असल अभिवावक गुमाउँदा हामी सबै मर्माहत भएका छौं’, नातीत्रय डा. अनिल राज ओझा, सरोज ओझा र मेल्सम ओझाले एकैस्वरमा भने ।
ओझा तनहुँ स्थित व्यास नगरपालिका–५ साँगेकी स्थाई बासिन्दा थिइन् । राणाकालमा महिला चुलो चौकोमा मात्र सीमित भैरहेको त्यो समयकालमा पनि उनले अक्षर चिन्ने अवसर पाएकी थिईन् । ततसमयमा ग्रामिण भेगका महिलाका लागि सामान्य शिक्षा लिन पनि अशम्भव प्रायः हुन्थ्यो ।






