युवती बलात्कार गरेको आरोपमा भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङका वडा सदस्य पक्राउ परेका छन् ।
मंसिर १५ गते राईले स्थानिय २४ वर्षीय एक युवतीलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा हतुवागढी गाउँपालिका वडा नं ६ का वडा सदस्य ३८ वर्षीय बालकुमार राई पक्राउ परेका हुन् ।
पक्राउ परेका राईलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।






