विहे नहुँदै गर्भ, जन्मिनेबित्तिकै खाल्डोमा पुरियो

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ६ की एक युवतीले विहे नहुँदै गर्भ धारण गरिन् । सुत्केरी भएपछि त्यसलाई लुकाउन बच्चालाई खाल्डोमा गाडिन् । तर, उनको कर्तुत लुकेन । उनी अहिले प्रहरी हिरासतमा छिन् ।

माछापुच्छ«ेको तल्लो अस्तामकी विनीता परियारलाई प्रहरीले पक्रेको छ । विनीताका छिेमेकी कर्णबहादुर परियारको बारीमा शिशुको शव फेला परेको छ । शव गाड्न जाँदा बाटोमा चुहेको रगतबाट हत्या खुलेको हो । ५ गते बिहानी बारीमा रगत देखेका गाउँलेले रगतको गोहो पछ्याउँदै जाँदा भर्खर खनिएको माटो देखियो । खनेर हेर्दा नवजात शिशुको शव भेटियो । सालनालसहितको शिशु छोरीको हो ।

शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले अनुसन्धानका क्रममा शव भेटिएको ठाउँ नजिकैकी वीनितालाई शंका ग¥यो । वीनिता सम्पकविहीन हुँदा शंका अझ गाढा भयो । आइतबार वीनिता आफैं जिल्ला प्रहरी कार्यालय पुगेर घटना स्वीकारेको जनाइएको छ ।

उनको स्वास्थ्य जाँच गर्दा सुत्केरी भएको खुलेको र कर्तव्य ज्यान प्रावधानअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोखरा १ सिम्पानीमा प्लस टु पढ्न बस्दा उनी गर्भवती भएको बताइएको छ । वीनिता आफैंले गर्भ कसको हो भन्ने यकीन गर्न नसकेको बयान दिएको प्रहरी स्रोत बताउँछ ।