मुख्य समाचार

आज ख्रीस्टमस दिवस मनाइँदै

प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले बुधबार यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।  ेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।  आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी… पुरा पढौ

कांग्रेसमा कति छन् गुट ?

पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ ।  विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार पार्टी चलाउन मिल्दैन । १३ औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ… पुरा पढौ

राष्ट्रिय झन्डा अंकित रेल एक महिनामै आउँदै

नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ ।  अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही… पुरा पढौ

पोखरामा स्कूल बसले ठक्कर दिंदा स्कूलकै अभिभावकको मृत्यु

पोखरामा स्कुल बसको ठक्करबाट १ एक महिलाको मृत्यु भएको छ । मंंगलबार बिहान पोखरा–१७ पार्दीस्थित बालोदय बोर्डिङ स्कुलको ग१ख २४९९ नम्बरको बसले ठक्कर दिंदा पर्वत कुश्मा घर भई हाल पोखरा बस्दै आएकी २६ बर्षीया सरिता पौडेल (सुवेदी)को मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । पौडेल बालोदय स्कूलमै अध्यनरत विद्यार्थीका अभिभावक भएको बुझिएको छ । घटनाक्रम अनुसार बालोदय स्कूलको कक्षा १ मा अध्यनरत आफ्नी छोरीलाई स्कुल बसमा चढाउनेक्रममा उनी बसको ढोकामा… पुरा पढौ

प्रधानमन्त्री ओलीले अपमान गरे : उपेन्द्र यादव

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूलाई अपमान गरेको बताएका छन् । समाजवादी पार्टीको मंगलबारको संसदीय दल बैठकमा यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अपमान गरेको ब्रिफिङ गरेका हुन् ।  संशोधनको प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले आक्रोशित हुँदै ‘गेट लस्ट’ भनेर आफूलाई अपमान गरेको यादवले बैठकमा बताएका थिए । सो क्रममा प्रधानमन्त्री र यादवबीच चर्काचर्की… पुरा पढौ

पुस १० गते सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले पुष १० गते सार्वजनिक निकायमा बिदा गर्ने निर्णय गरेको छ। पुरा पढौ

विद्युतीय रेलमार्गको ट्रयाक निर्माण धमाधम

पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ ।  रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनीयर सुमोद पोखरेलले राससलाई बताए ।  सङ्घीय सरकारको करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको सो ट्रयाकको ठेक्का पाएका ठेकेदारले रौतहट जिल्लाको वाग्मतीदेखि धन्सारसम्म करिब २३ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम द्रुतगतिमा भइरहेको बताइएको छ ।… पुरा पढौ

एक वर्षदेखि बिरामी हात्ती ‘पूजाकली’ को मृत्यु

लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  नारायण रुपाखेतीले जानकारी दिए ।  पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिए ।   “एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो”, उनले भने, “लाखौँ खर्च भयो तर रोग पत्ता लागेन… पुरा पढौ

नेपालमा सबैभन्दा बढी चिसो कहाँ छ ?

सबैभन्दा बढी चिसो जुम्लामा हिजो माइनस ५ डिग्री सेल्सियस रेकर्ड भएको छ । त्यसपछि जोमसोममा माइनस १ दशमलब २ डिग्री सेल्सियस भएको छ । त्यसैगरी जिरीमा माइनस १ दशमलब ५ डिग्री सेल्सियस भएको छ ।  न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि हुने क्षेत्रमा  जनकपुर (१२), विराटनगर (१०.४), सिमरा (११.५), भैरहवा (१२.२) र नेपालगञ्ज (१०.५) डिग्री सेल्सियस रहेका छन् । मौसमविद् प्रधानांगले अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली भने नरहेको जनाए… पुरा पढौ

झुक्यो भारत : सीमा समस्या समाधान गर्न तयार, पठायो पत्र

नेपाल र भारतबीचको पछिल्लो समय सीमा विवादमा देखिएको असमझदारी समाधान हुने बाटोमा अगाडि बढेको छ । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्वीकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाललाई पठाएसंगै समाधानको बाटो एक कदम अगाडि बढेको हो ।  भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानीलाई पनि समेटेपछि सम्बन्ध चिसिन थालेको थियो । नेपाल सरकारले स्पष्ट रुपमा कुटनीतिक पहल नगरेको आरोप लागे पनि भारतले नक्सा जारी गरेपछि कालापानी आफूहरुको भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं