पोखरामा स्कुल बसको ठक्करबाट १ एक महिलाको मृत्यु भएको छ । मंंगलबार बिहान पोखरा–१७ पार्दीस्थित बालोदय बोर्डिङ स्कुलको ग१ख २४९९ नम्बरको बसले ठक्कर दिंदा पर्वत कुश्मा घर भई हाल पोखरा बस्दै आएकी २६ बर्षीया सरिता पौडेल (सुवेदी)को मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
पौडेल बालोदय स्कूलमै अध्यनरत विद्यार्थीका अभिभावक भएको बुझिएको छ ।
घटनाक्रम अनुसार बालोदय स्कूलको कक्षा १ मा अध्यनरत आफ्नी छोरीलाई स्कुल बसमा चढाउनेक्रममा उनी बसको ढोकामा चिप्लिएर लड्न पुगेकी थिइन् ।

त्यसलगत्तै बसले ठक्कर दिएर उनको मृत्यु भएको थियो । बस चालक धरान सुनसरीका रविन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । पौडेलको सव पोष्टमार्टका लागि पोखरा स्वाथ्यविज्ञान प्रतिष्ठानमा राखिएको छ ।






