सबैभन्दा बढी चिसो जुम्लामा हिजो माइनस ५ डिग्री सेल्सियस रेकर्ड भएको छ । त्यसपछि जोमसोममा माइनस १ दशमलब २ डिग्री सेल्सियस भएको छ । त्यसैगरी जिरीमा माइनस १ दशमलब ५ डिग्री सेल्सियस भएको छ ।
न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि हुने क्षेत्रमा जनकपुर (१२), विराटनगर (१०.४), सिमरा (११.५), भैरहवा (१२.२) र नेपालगञ्ज (१०.५) डिग्री सेल्सियस रहेका छन् ।
मौसमविद् प्रधानांगले अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली भने नरहेको जनाए । तराई क्षेत्रमा सामान्य हुस्सु र कुहिरोको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पोखरामा पनि मंगलबार बिहानैदेखि उस्सु लागेर मौसम खुल्न सकेको छैन । जसका कारण पोखरामा पनि चिसो बढेको छ ।






