मुख्य समाचार

को बन्छ करोडपति ? को रकम क्रिकेट रंगशालालाई प्रदान

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले रु ८० हजार सहयोग गरेका छन् । दुबै कलाकारले एपी वान टेलिभिजनबाट प्रसारण भएको ‘को बन्छ करोडपति’ को पहिलो सिजनबाट खेल खेलेर जितेको उक्त रकम धुर्मुस–सुन्तली फाउण्डेशनलाई प्रदान गरेको हो । दुबै कलाकारले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै करोडपतिबाट जितेको रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गराएको जनाएका… पुरा पढौ

प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती : रामकृष्ण ढकाल

गायक रामकृष्ण ढकालले श्रीमती निलम शाह ढकालको तारिफ गर्दै आफ्नो प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती भएको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत श्रीमतीसँग आफ्नो सम्बन्धबिच्छेद भएको विषयको खण्डन गर्दैै उनले आफूहरुको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँबाट उनको सम्बन्धबिच्छेदको मिलापत्र भए पनि उनले भने आफ्नो सम्बन्धबिच्छेद नभएको भन्दै खण्डन गरेका हुन् ।  ‘आज म जे छु त्यो सबै तपाइँ सम्पूर्ण दर्शक–श्रोताका कारण छु… पुरा पढौ

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ ।  छलफलमा उठेका विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जरिवाना र दण्ड बढाएर मात्रै चुहावट नियन्त्रण हुँदैन भन्ने र अर्बौं चुहावट हुँदा पनि कुनै कारवाही नहुने भन्ने दुई सैद्धान्तिक दृष्टिकोणका बीच यस विधेयकमा बढी चुहावट गर्नेलाई बढी जरिवाना र कम चुहावट गर्नेलाई कम जरिवानाको व्यवस्था गरिएको बताए । उनले चुहावट नियन्त्रणका… पुरा पढौ

वसन्त चालिसेले दिए राजीनामा

पोखरा महानगरका वरिष्ठ नगर प्रहरी निरीक्षक वसन्त चालिसेले बिहीबार पदबाट राजनीमा दिएका छन् । २ थरी प्रमाणपत्र पेश गरी जागिर खाएको सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले चालिसेले राजीनामा दिएको पुष्टि गरे । कार्यपालिका बैठकबाट अनुमोदन गर्ने गरी उनको राजीनामा बिहीबारै स्वीकृत भइसकेको छ । चालिसेको पहिलो नागरिकतामा जन्ममिति २०१७ फागुन ५ गते उल्लेख छ । उनले पछिल्लो पटक महानगरमा पेस गरेकोमा… पुरा पढौ

इतिहासकै लामो सूर्यग्रहण समाप्त

आज बिहान लागेको इतिहासकै लामो सूर्यग्रहण केही बेर अघि सकिएको छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु भएको ग्रहण ११:३१ मा सकिएको छ । सूर्यग्रहण खगोलमा हुने महत्त्वपूर्ण घटना हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्रोअनुसार यो वर्षको पहिलो र अन्तिम सूर्यग्रहण हो ।  खगोल शास्त्रका अनुसार सूर्य पृथ्वीको सबैभन्दा नजिक रहेको तारा हो । यसको दूरी पृथ्वीबाट १४ करोड ९६ लाख किमि छ । सूर्य पृथ्वीभन्दा ४ सय… पुरा पढौ

आगो ताप्नेक्रममा जलेर १ जनाको मृत्यु

चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।  बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् ।   घाइते साहको उपचारका क्रममा गए राति जनकपुर अञ्चल अस्पतालमा… पुरा पढौ

तस्बिरमा हेरौं सूर्यग्रहण

सूर्य ग्रहण जारी छ । आज बिहान ८:४२ बजेदेखि शुरु भएको सूर्य ग्रहण ११ः३१ बजे सकिंदैछ । पुरा पढौ

प्रधानमन्त्री ओलीलाई सिंहको बधाई

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका यादव मंगलबार सरकारबाट बाहिरिएपछि सिंहले एक वक्तव्य जारी गरेर भनेका छन्,‘‘संविधानमा संशोधन गर्ने सहमतिसहित उपेन्द्र यादवलाई सरकारमा सामेल गरेकोमा त्यो बेला नै हामीले ओली सरकारको कडा आलोचना गरेका थियौँ । आवश्यकतानुसार संविधानमा संशोधन गर्ने कुरामा हाम्रो कुनै मतभेद छैन… पुरा पढौ

बाघ-बाघ जुधेर १ को मृत्यु

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताए । उनले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी दिए । घाँस काट्न गएका स्थानीयवासीले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । “मृतावस्थामा फेला परेको… पुरा पढौ

कालापानी क्षेत्र जोड्ने बाटो सर्भे हुँदै

नेपाल सरकारले व्यास गाउँपालिका–१, छाङरुबाट वडा २ दुम्लिङ जोड्ने घोरेटो बाटो पुननिर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेपछि स्थानीय पूर्वाधार विभागको प्राविधिक टोलीले सर्भेको काम थालेको छ । बाटोको निर्माणका लागि स्थलगत अध्ययन तथा सर्भे गर्न स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजनल इञ्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा प्राविधिक टोली मंगलबार दार्चुला पुगेर कार्य क्षेत्रमा आइसकेको टोलीमा सहभागी इञ्जिनियर जनकराज पन्तले बताए । मङ्सिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले छाङरुबाट दुम्लिङसम्मको घोरेटो बाटो निर्माण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं