दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् ।
आइतबार बिहानपख १ बजेतिर ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ ।
शिक्षण पेशामा संलग्नरहेकी इला र अध्यक्ष शाहीलाई प्रतिबन्धित विप्लव समूहले अपहरण गरेको हुन सक्ने आशंका सुरक्षा निकायले गरेका छन्।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अपहरणको जानकारी आएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ खटाइएको जानकारी दिएका छन् ।






